नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन)को छैटौं अधिवेशन माघमा

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध– नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन)को छैटौं अधिवेशन अगामी माघ २८ गते सिराहा जिल्लाको लाहानमा आयोजना गर्ने भएको छ ।

फापुन केन्द्रीय कमिटीको पुस २३ गते अध्यक्ष पुर्ण केसीको अध्यक्षतामा बसेको  बैठकले सो निर्णय गरेको हो । 

बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कृषि आधारीत क्षेत्रमा कार्यरत धेरैभन्दा धेरै श्रमिकहरूलाई संगठित गर्न ठोस योजना बनाइ अगाडी बढ्नु पर्ने र हाल जिफन्टले संचालन गरेको 'जिफन्ट कायाकल्पकालागि अभियान–२०८१' ले संगठन सुदृढिकरण र परिचाल गर्न सहयोग मिल्ने बिश्वास ब्यक्त गर्नु भयो । 

बैठकमा जिफन्ट उपाध्यक्ष बिदुर कार्की र महासचिव लक्ष्मण शर्माको पनि सहभागिता रहेको थियो ।