नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) को फागुन २५ गते सिरहा जिल्लाको लहानमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उद्घाटन गर्नु भएको छैटौँ अधिवेशनले पूर्ण केसीको अध्यक्षतामा १४ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

फापुनको केन्द्रीय संयोजक पूर्ण केसिको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, महासचिव लक्ष्मण शर्मा, मदेश प्रदेश अध्यक्ष कमलेश झा, नेकपा एमाले मदेश प्रदेश सदस्य रिता यादव लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
माया भण्डारी स्वागत मन्तव्य राख्नु भएको सो अधिबेशन उद्घाटन समारोहमा पुर्व फापुनको केन्द्रीय अध्यक्ष पुर्णचन्द उपाध्याय र केन्द्रीय सदस्य बिन्दिराम मोचिलाइ सम्मान समेत गरेको थियो ।
