श्रम कानुन समय सापेक्ष परिमार्जन अवश्यक छ– जिफन्ट अध्यक्ष

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले आइएलओ महासन्धिहरू अनुमोदन, अनौपचारिक श्रमलाई औपचारिकीकरण र श्रम कानुन समय सापेक्ष परिमार्जन गरी अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।

केन्द्रीय श्रम सल्लाहाकार परिषद्को माघ १८ गते श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयमा सम्पन्न बैठकमा ट्रेड युनियन प्रतिनिधिको रूपमा सहभागी हुँदै जिफन्टका अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

केन्द्रीय श्रम सल्लाहाकार परिषद्को सम्पन्न बैठकले आर्थिक वर्ष २०८१ देखि २०९० को दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा मनाउने ILO अभिसन्धि ८१ र ८७ अनुमोदनको लागि सरकारलाई निर्देशन दिने र यसै  आर्थिक  वर्षमा श्रम तथा रोजगार सम्मेलन गर्ने निर्णय गरेको छ ।