नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) आवध्द रहेको विश्वभरीका स्वरोजगार सडक ब्यापारीहरूको अन्तर्राष्ट्रिय छाता संगठन स्ट्रीटनेट इन्टरनेशनलको एशिया प्रसान्त क्षेत्रिय बैठक काठमाडौँ स्थित होटल ठमेल पार्कमा माघ १६ गतेदेखि सुरू भएको छ ।
नेपाल, भारत, बङ्गलादेश, फिलिपिन्स, थाइल्याण्ड, बेल्जियम, पोर्चुगल, कम्बोडिया, युक्रेन लगायतदेशका ट्रेड युनियन प्रतिनिधि सहभागी सो बैठकको शुभारम्भमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले विभिन्न देशबाट बैठकमा भाग लिन आउनु हुने सबैलाई नेपालमा स्वागत गर्नु हुँदै विश्वका हरेक देशमा सडक स्वरोजगारको समस्या एकै खालको रहेकोले साझा अवधारणा तयार पार्नु पर्ने बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले कुनै पनि काम ठुलो वा सानो भन्दा पनि काम मर्यादित छ छैन भन्ने मुख्य प्रश्न रहेको भन्नु हुँदै जिफन्टले मर्यादित कामका लागि निरन्तर अभियान सञ्चालन गर्दै आइरहेको बताउनु भयो ।
नेपालमा स्वरोजगार क्षेत्रमा रहेका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन जिफन्ट र नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) को महत्वपूर्ण योगदान रहेको बताउँदै जिफन्टले २० लाख श्रमिकहरूलाई योगदानमा अधारित सामाजिक सुरक्षामा जोड्ने अभियान पनि सञ्चालन गरेको बताउनु भयो ।
ILO र सोलिडारिटी सेन्टरका प्रतिनिधि लगायतले आ-आफ्नो धारणा राख्नु भएको बैठक आगामी २ फेब्रुअरीसम्म चल्नेछ ।
काम ठूलो वा सानो भन्दा पनि, काम मर्यादित छ छैन मुख्य प्रश्न हो
नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) आवध्द रहेको विश्वभरीका स्वरोजगार सडक ब्यापारीहरूको अन्तर्राष्ट्रिय छाता संगठन स्ट्रीटनेट इन्टरनेशनलको एशिया प्रसान्त क्षेत्रिय बैठक काठमाडौँ स्थित होटल ठमेल पार्कमा माघ १७ गतेदेखि सुरू भएको छ ।