श्रमिक खबर १ वर्ष पुरा

जिफन्टले असार २४ गतेदेखि श्रमिक खवरले १ वर्ष पूरा गरेको उपलक्ष्यमा एक विशेष कार्यक्रमको आयोजना गर्दै वर्षभरिको समाचार तथा गतिविधिको मूल्यांकन गरेको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख उपाध्यक्ष जितेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अध्यक्ष विनोद श्रेष्ठले महासंघ स्थापनाकालमा हातले लेखेर प्रकाशित श्रमिक खबर, मासिक हुदै हाल डिजिटल्ली दैनिक प्रसारण भएकोमा खुशी व्यक्त गर्नु भयो । आगामी दिनमा श्रमको कुनै पनि विषयलाई अझै परिस्कृत र विकसित रुपमा श्रमिक खबरले आफ्नो समाचारको दायरामा ल्याउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।


महासचिव लक्ष्मण शर्माले संचालन गर्नु भएको सो कार्यक्रममा उपलब्धि र योजनाबारे सचिव महेन्द्र लाल श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै सबैसँग सुझावको लागि आह्वान गर्नु भएको थियो ।
सो कार्यक्रममा उपाध्यक्ष्य विदुर कार्की, सीतालामा, उपमहासचिव कमला तामाङ, सचिवहरु कृष्ण केसी, स्मृती लामा, तारानिधि पन्त, विजया खड्का र आबद्ध यूनियनका अध्यक्ष तथा प्रचारसँग सम्बन्धित नेतृत्वको सहभागिता रहेको थियो ।
साथै 
महासंघको प्रतिनिधित्व गर्दै विभिन्न वैदेशिक कार्यक्रममा सहभागी भएकाहरूबाट आफ्नो अनुभव आदान प्रदान गर्ने कार्यक्रम पनि सोही कार्यक्रममा आयोजना गरिएको थियो । कार्यक्रममा अध्यक्ष विनोद श्रेष्ठ, नेभाका अध्यक्ष गीता थिङ, जुगकाटेमयुका उपाध्यक्ष फूलमाया तामाङ, ईम्प्रेसन उपाध्यक्ष किरणा माली र युवा अध्यक्ष विकी श्रेष्ठले आफ्नव अनुभव सुनाउनु भएको थियो । 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम