उदयपुरमा ट्रेड यूनियन शिक्षा र सामाजिक सुरक्षा कार्यक्रम सम्पन्न
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँके जिल्लाको अध्यक्षमा कृष्णबहादुर बुढा सर्वसम्मत चयन हुनु भएको छ । नेकपा एमाले पार्टी कार्यालयमा फागुण ६ गते सम्पन्न भेलाले बुढाको नेतृत्वमा सात सदस्य बांके जिल्ला समन्व कमिटी गरिएको हो ।
जिफन्ट बाँके जिल्ला इन्चार्ज सुमन गिरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त भेलाको प्रमुख अतिथी जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष कमल गौतमले योगदानमा अधारीत सामाजिक सुरक्षामा सबै क्षेत्रका श्रमिकहरूलाइ सुचिकृत गराउन जिफन्टले अभियान संचालन गरीरहेको बताउनु भयो ।
भेलाका अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा संघीय सांसद माननीय दीपा शर्माले श्रमजीवी श्रमिकहरुको हकहितका लागि अग्रणी भूमिका खेलिरहेको जिफन्टले अझ सशक्त रुपमा लागि पर्नु पर्नेमा जोड दिनु भएको थियो ।
भेलामा केशब गिरी, जिफन्ट लुम्बिनी प्रदेश सचिवालय सदस्य पुर्ण बहादुर केसी, नेकपा एमाले जिल्ला कमिटी सदस्य अनिता थापा लगायत अतिथीहरूको सहभागिता रहेको थियो ।