नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) उदयपुर जिल्ला अन्तरगत जेठ १८ र १९ गते कटारी र त्रियुगा नगर पालिकामा आधारभुत ट्रेड यूनियन शिक्षा र योगदानमा आधारीत सामाजिक सुरक्षाको बिषयक कार्यक्रम सम्पन्न भयो ।
जिफन्ट उपाध्यक्ष तथा शिक्षा बिभाग प्रमुख बिदुर कार्की प्रमुख अतिथी रहनु भएको कार्यक्रममा कटारी नगरपालिका उपप्रमुख गिता खड्का, जिफन्ट राष्ट्रिय कमिटी सदस्य माया भण्डारी लगाएका अतिथीहरू सहभागी रहनु भएको थियो ।

कार्यक्रमबाट सन्त बहादुर तामाङको अध्यक्षतामा ९ सदस्य जिफन्ट कटारी नगर कमिटी समेत गठन गरेको छ ।
त्यसैगरी त्रियुगा नगरपालिका स्थीत नेपाल निजामती कर्मचारी संगठनको सभाहलमा जेठ १९ गते आधारभुत ट्रेड यूनियन शिक्षा र योगदानमा आधारीत सामाजिक सुरक्षाको कार्यक्रमका बारेमा प्रमुख अतिथी जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले बोल्नु भएको थियो ।
.jpg)
कार्यक्रममा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राइ, जिफन्ट राष्ट्रिय कमिटी सदस्य माया भण्डारी लगाएका अतिथीहरू सहभागी रहनु भएको कार्यक्रमको अध्यक्षता जिफन्ट नगर कमिटी अध्यक्ष जस बहादुर राइले गर्नु भएको थियो ।