नेपाल र मलेसियाबीच द्धिपक्षिय श्रम समझदारी जिफन्टद्धारा स्वागत
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले अन्टुफ जिफन्ट एकता संयोजन समितिले काठमाण्डौमा आयोजनामा गरेको प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै दुई संगठनको साझा प्रतिवद्धता तथा अवधारणा पत्र प्रस्तुत गर्नुभयो ।
अन्टुफ जिफन्ट एकता संयोजन समिकिो अध्यक्ष समेत रहनु भएका श्रेष्ठले भिन्न परिस्थीति र परिवेशमा स्थापित दुई युनियन सहकार्यको यात्रा सुरु गरेको एक दशक पश्चात एकताको चरणमा आइपुगेको जानकारी गराउनुभयो । उहाँले श्रम ऐन, सामाजिक सुरक्षा ऐन निर्माणमा ट्रेड युनियनहरुको तर्फबाट राखिएका सुझाव र गरिएका प्रयत्नको बारेमा जानकारी गराउनुभयो ।
अध्यक्ष श्रेष्ठले न्यूनतम पारिश्रमिक बृद्धि गराउन तथा त्यसलाई लागु गराउन गरिएको प्रयत्नको पनि सो अवसरमा स्मरण गर्नुभयो । श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत बृद्धि भएको भन्दै उहाँले यो नेपालको ईतिहासमै पहिलो पटक भएको ठूलो उपलव्धी रहेको धारणा राख्नुभयो ।

अध्यक्ष श्रेष्ठले वर्गलाई केन्द्रमा राखेर जातीय, क्षेत्रीय र लैंगिक समावेशिकरण हुनु पर्ने आफूहरुको मान्यता रहेको स्पष्ट पार्नुभयो । सामाजिक समूहहरुको तर्फबाट प्रतिनिधित्व गर्दा वर्गिय प्रतिनिधित्व हुनु पर्ने अध्यक्ष श्रेष्ठले माग गर्नुभयो ।
नेपालमा वर्तमान कम्यूनिष्ट पार्टीको सरकार रहेको तर यसलाई कमजोर बनाउन विभिन्न हल्ला चलाइएको भन्दै अध्यक्ष श्रेष्ठले ति हल्लालाई चिर्न र परास्त गर्न मजदुरको कर्तव्य भएको धारणा राख्नुभयो ।
उहाँले एकता नै बल भएको भन्दै दुवै महासंघलाई कार्यस्थलमा कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभयो । भेलामा देशभरीबाट तीन हजार अगुवा श्रमिक सहभागि भएका थिए । यो दुई युनियनको एकता प्रकृया सुरु भएपछिको पहिलो ठूलो कार्यक्रम हो ।

दुई महासंघबीचको एकता प्रकृयाको टुँगो लगाउन जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा गणेश रेग्मी, रमेश बडाल, जय बहादुर कार्की, बिदुर कार्की, धन बहादुर विक, सोनालाल शाह मिना गुरुङ्ग, उषा देवकोटा, जगत सिंखडा, जनक चौधरी रहनु भएको ११ सदस्यीय अन्टुफ जिफन्ट केन्द्रीय एकता संयोजन समिति गठन गरेको छ ।
अन्टुफ जिफन्ट एकता संयोजन समितिको प्रतिवद्धता तथा अवधारणा संलग्न छ ।