दाङको धोराहिमा जिफन्टको पालिका कमिटी गठन

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बीनी प्रदेश कमिटीले जेठ २२ गते दाङ जिल्लाको घोराही उपमहानगर पालिकामा केशव बहादुर भण्डारीको अध्यक्षता ९ जना रहनु भएको पालिका कमिटी गठन गरेको छ ।

सो अवसरमा जिफन्टका उपाध्यक्ष तथा सामाजिक सुरक्षा बिभाग प्रमुख कमल गौतमले श्रमीकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपसचिव खगेन्द्र वली, जिल्ला संगठनका सचिव खिम बहादुर डाँगी र कोषाध्यक्ष दिपक खड्का लगाएतको सहभागिता रहेको थियो ।