जिफन्ट गण्डकी प्रदेशको विस्तारित बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेशको विस्तारित बैठक प्रदेश अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षता असोज १ गते पोखरा स्थीत जिफन्ट गण्डकी प्रदेशको सभाहलमा सम्पन्न भयो ।

नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा जिफन्ट इन्चार्ज कमरेड मिना गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा नेकपा एमालेका उमेदवारहरुलाई प्रदेश भरि निर्वाचित गराउन जिफन्ट गण्डकी प्रदेश अध्यक्ष कमरेड रुद्र बहादुर खत्रीको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ  । 

 

बैठकले १ जना जिफन्ट सदस्य बराबर २ मतदाता बढाउने र ५ जना मतदाता सुरक्षित गर्ने अभियान संचालन गर्ने, हरेक बुथमा जिफन्ट सदस्य परिचालन गर्ने र जिफन्ट मातहतका पालिकाले निर्वाचन परिचालन कमिटी गठन गर्ने बैठकले निर्णय गरेको जिफन्ट प्रदेश कार्यालय सचिव बिनु गुरुङ्गले जानकारी दिनु भएको छ ।