जिफन्ट भरतपुर महानगरलाइ प्रशिक्षण

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) भरतपुर महानगर पालिका कमिटको भेला तथा प्रशिक्षण कार्यक्रम कमिटीका अध्यक्ष रुद्र उप्रेतीको अध्यक्षतामा असोज ३ गते भरतपुर क्यान्सर अस्पतालको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवि ज्ञवालीले सबै श्रमीकहरुको लागि सामाजिक सुरक्षाको प्रत्याभूति हुनु पर्ने भन्दै यस्कालागी श्रमिक पक्षीय सरकार बन्नु पर्ने भएकोले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाइ बहुमतका साथ बिजय गराउनु पर्ने बताउनु भयो ।

उहाले संगठित शक्तीले मात्र परीवतर्नको नेतृत्व गर्न सक्छ भन्दै जिफन्टको शक्ती बिस्तारकालागी स्थानिय तह सम्म संगठन बिस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

 

कार्यक्रमका अतिथी पार्टी जिल्ला अध्यक्ष राम प्रसाद न्यौपानेले श्रमिकहरुले अधिकारको खोजी गरिरहदा कर्तव्य तर्फ पनि उत्तिकै जिम्मेवार बन्नु पर्ने भन्दै जिफन्टबाट अरु ट्रेड युनियनरुले पनि सिक्नु पर्ने बताउनु भयो। कार्यक्रममा नाबुन केन्द्रिय कमिटी उपाध्यक्ष अन्जु गुरुङले स्थानिय तहमा श्रम डेस्क मार्फत श्रमीक पंजिकरण गर्नु पर्नेमा जोड दिनु भएको कार्यक्रममा जिफन्ट वाग्मती प्रदेश सदस्य शान्ति सुबेदिले कार्यक्रमको औचित्य र महत्वको वारेमा बताउनु भएको थियो।

कार्यक्रममा जिफन्ट वाग्मती प्रदेश अध्यक्ष रामहरि नेपालले आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रमका बारेमा र उपाध्यक्ष अर्जुन अर्यालले ट्रेड युनियन र राजनितीका बारेमा सहभागीहरूलाइ प्रशिक्षण दिनु भएको थियो।

जिफन्ट भरतपुर महानगर पलिकाका सचिब राजन ढकाल संचालन गर्नु भएको भेलामा उपसचिव फुल्लु अधिकारीले स्वागत गर्नु भएको भेलाले नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मजदुर इन्चार्ज अन्जु गुरुङको संयोजकत्वमा ३५१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत निर्माण गरेको छ।