नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश कार्यशाला तथा योजना बैठक रामहरि नेपालको अध्यक्षतामा माघ २० गते काठमाडौँको भृकुटीमण्डप स्थित पर्यटन बोर्डको सभाहलमा सम्पन्न भयो ।
कार्यशालामा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपालको ट्रेड युनियन आन्दोलनको इतिहासलाई स्मरण गर्नुहुँदै २००३ सालमा सुरू भएको आन्दोलन आज तेस्रो पुस्तासम्म आइपुग्दा थुप्रै राजनैतिक परिवर्तन लगायत श्रम क्षेत्रमा परिवर्तन गर्न सफल भएता पनि श्रमिकको जीवनमा भने परिवर्तनको महशूस गर्न सक्ने अवस्था नभएको बताउनु हुँदै श्रम बजारमा कसरी आन्दोलनलाई अगाडी बढाउने भन्ने अबको हाम्रो प्रमुख मुद्दा हुनु पर्नेमा जोड दिनु हुँदै कार्यशालाले ठोस योजना निर्माण गर्ने विश्वास व्यक्त गर्नु भयो ।
अध्यक्ष श्रेष्ठले नेपालको ट्रेड युनियन आन्दोलनको तेस्रो पुस्ताले नेतृत्व गरिरहँदा विगतको आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जिफन्टको आठौँ महाधिवेशनले तय गरेका कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु हुँदै जिफन्टले २० प्रतिशत सदस्यता वृद्धि, योगदानमा अधारित सामाजिक सुरक्षामा २० लाख श्रमिकलाई आवद्ध गर्ने, तालिमेलाई तलब आदि जिफन्टको लक्ष्य पूरा गर्न सबै नेता तथा कार्यकर्ताहरूको सक्रिय भूमिका हुनु पर्ने बताउनु भयो ।
कार्यशालाले आफ्नो कमी र उपलब्धीहरूको मसिनो ढङ्गले पहिचान गरी बागमती प्रदेशका १३ जिल्लाका ११९ पालिकामा श्रमिकहरूको भरोसायोग्य सङ्गठन निर्माण गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले कार्यशालाबाट निस्केका निस्कर्षलाई योजनावद्ध तरिकाले कार्यानवयनमा लान निर्देशन पनि दिनु भयो ।
कार्यशालामा जिफन्ट उपाध्यक्ष तथा महिला कमिटी अध्यक्ष सिता लामाले कार्यशालामा गर्नु पर्ने १० वटा विषयमा प्रकाश पार्नु भएको सो कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्माले महासंघले तयार पारेको योजना कति लागू भए र कति गर्न बाँकी छ मूल्याङ्कन गर्दै थप योजना तर्जुमा गर्न आवश्यक रहेको बताउनु भयो ।
बागमती प्रदेशका १३ जिल्लाका १२० जना नेताहरू ७ समूहमा विभाजन गरी छलफलद्वारा तयार गरिएको योजना कार्यशालामा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, जितेन्द्र श्रेष्ठ, सिता लामा, महासचिव लक्ष्मण शर्मा उपमहासचिव नरनाथ लुइटेल, महेन्द्रलाल श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।
कार्यशालामा समूह छलफलबाट प्रस्तुत गरिएका विषयलाई माघ २१ गते बस्ने प्रदेश कमिटीको बैठकले कार्ययोजना तयार गरी कार्यान्वयनमा लाने बागमती प्रदेश कार्यालयले जनाएको छ ।