बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल नारायणीको भेला नारायणगढमा र राप्तीको भेला दाङमा साउन १२ गते सम्पन्न भयो ।
नारायणीको भेलामा केन्द्रिय अध्यक्ष सुर्य पराजुली प्रमुख अतिथि रहेको थियो ।

उपमहासचिव जनक ढकालको उपस्थितीमा कार्यक्रमको अध्यक्षता सबिन लामिछानेले गर्नुभएको थियो । भेलाबाट रामबाबु घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नारायणी शाखा कमिटी गठन गरिएको छ ।
त्यसैगरी, दाङमा सम्पन्न भेलामा केन्द्रिय सचिब बिस्नु महरा प्रमुख आतिथि रहनु भएको थियो । प्रदेश अध्यक्ष गङ्गा सागर पन्थीको उपस्थितीमा सम्पन्न सो कार्यक्रमबाट भिम भुसालको अध्यक्षतामा १३ सदस्यीय राप्ती साखा कमिटी गठन गरिएको छ ।