काश्मीरको श्रीनगरमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई उद्धार
जिफन्ट आबध्द– राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) द्वारा आयोजित उदघोषण, वक्तृत्वकला तथा जलवायु संकट र न्यायिक रूपान्तरण सम्बन्धि सचेतना प्रशिक्षण साउन १४ गते सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो दिन उपाध्यक्ष बिदुर कार्की र केशबराज बिष्टले प्रशिक्षण दिनु भएको थियो ।

प्रचार विभाग प्रमुख तथा उपाध्यक्ष जितेन्द्र श्रेष्ठले सञ्चारसिप, श्रमिक खबरका समाचार सम्पादक अमरध्वज लामाले वकृत्वकला विषयमा प्रशिक्षण दिनु भएको थियो ।
त्यसै गरी कार्यक्रममा प्रेम प्रेम प्रधान र सुजना जोशीले जलवायु परिवर्तनको अवधारणा जलवायु परिवर्तनका असरहरूका बारेमा प्रशिक्षण दिनु भएको थियो
कार्यक्रम समापनमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले प्रशिक्षणमा सहभागिहरूलाइ सहभागिताको प्रमाण पत्र वितरण गर्नु हुदै संगठन निर्माणका लागि यस प्रशिक्षण कार्यक्रमबाट मध्दत मिल्ने बताउनु हुदै सहभागिहरूलाइ शुभकामना दिनु भयो ।
थप फोटाकोलागि तलको लिंकमा क्लिक गर्नु होला ।
https://www.facebook.com/media/set/?set=a.122102856530435116&type=3