स्थानिय तहमा श्रम डेस्क स्थापना सम्बन्धमा अन्तरक्रिया सम्पन्न

उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिका र कटारी नगरपालिकामा श्रम डेस्क स्थापना र त्यस्को कार्यान्वयन गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रीय कमिटी सदस्य माया भन्डारीको प्रमुख अतिथ्यतामा चौदण्डिगढी नगरपालिकामा असार १० गते सम्पन्न अन्तरक्रिया कार्यक्रममा पालिका उपप्रमुख मनिका देवि दुलाल, वडा अध्यक्ष लगायतका अतिथीहरू सहभागिता रहेको थियो । 

त्यसैगरी जिफन्ट राष्ट्रीय कमिटी सदस्य माया भन्डारी कै प्रमुख अतिथ्यतामा साउन ११ गते कटारी नगर पालीकामा आयोजित अन्तर्क्रियामा नगर उपप्रमुख गीता खड्काले आगामी नगरसभाबाट श्रम डेस्क स्थापना गर्ने निर्णय हुने वताउनु भएको छ । 

दुवै पालिकाको अन्तरक्रिया कार्यक्रम नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), ओरेक नेपाल र तरङ्गेणी फाउण्डेसनले संयुक्त रूपमा आयोजना गरिएको हो ।