युनिट्राभ गण्डकी प्रदेश कमिटी द्वारा रक्तदान

जिफन्ट अवध्द युनियन युनिट्राभ गण्डकी प्रदेश कमिटी द्वारा साउन १० गते आयोजित रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।

गण्डकी प्रदेश सांसद गणेशमान गुरुङको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा जिफन्ट गण्डकी अध्यक्ष रुद्र बहादुर खत्री, राष्ट्रिय कमिटी सदस्य पम्फा देवकोटा पहारी लगायतका अतिथिहरू सहभागि रहेको थियो । 

युनिट्राभ प्रदेश अध्यक्ष शालिकराम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न रक्तदान संचालन सचिव रामकृष्ण तिमिल्सिना गर्नु भएको थियो ।