नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले प्रतिकृयावादीहरूले नेपाली श्रमिक आन्दोलन कमजोर भएको भ्रम छर्ने गरेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलालको १०० औं वर्षगाठ तथा ४६ औं स्मृति दिवसको उपलक्ष्यमा नेकपा (एमाले) रामेछाप काठमाडौं सम्पर्क मन्चद्वारा आयोजित 'श्रमिक भेला तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले भेलालाई सम्बोधन गर्ने क्रममा उक्त आग्रह गर्नु भएको हो ।
प्रमुख अतिथि श्रेष्टले ट्रेड युनियन आन्दोलने थुप्रै उपलब्धी हासिल गरेको तर केही उपलब्धी नभएको भाष्य निर्माण गर्नखोज्नेहरूप्रति चनाखो रहन आग्रह गर्नुभयो ।