जिफन्ट उपाध्यक्ष रमेश बडाल महान्यायधिवक्ता नियुक्त

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) उपाध्यक्ष रमेश बडाल महान्यायधिवक्ता नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा वलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बरिष्ठ अधिवक्ता बडाललाई साउन २ गते उक्त पदमा नियुक्त गर्नुभएको हो । महान्यायधिवक्ता नियुक्त हुनुभएकोमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले उपाध्यक्ष बडाललाई समस्त श्रमिकहरूको तर्फबाट बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको छ । 

उहाँ यस अघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना, महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनु भएको थियो ।