तार्केश्वर नगरपालिकामा कार्यरत सफाइ श्रमिकको कार्यशाला

जिफन्टको अयोजनामा तार्केश्वर नगरपालिकामा कार्यरत सफाइ र सफाइ वर्गिकरण गर्ने श्रमिकहरू सहभागिता मुलक बस्तु स्थीती बिश्लेषण कार्यशाला तथा सफाइ क्षेत्रका श्रमिकहरूको भेला असार २९ गते सम्पन्न भएको छ । 

नेपाल सफाइ कर्मचारी यूनियनका अध्यक्ष मोहन नेपालीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्किले कार्यक्रमको उध्देश्यबारे जानकारी गराउनु हुदै यस कार्यक्रमले सफाइ क्षेत्रको समस्या तथा समाधानको लागि मदत मिल्ने बताउनु भयो ।

कार्यक्रमको सहजिकरण गृह श्रमिक युनियनका महासचिव ज्ञानु केसि र शंकर घिमिरेले गर्नु भएको थियो  ।