बाँच्न पाउनु पहिलो हक होः–जिफन्ट महासचिब लक्ष्मण शर्मा

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का महासचिव लक्ष्मण शर्माले “इजरायलमा श्रमिक पठाउने कि नपठाउने भन्ने बहसको विषय नै होइन, यति वेला त्यहाँ कुनै पनि हालतमा नेपाली पठाउनु हुँदैन र सरकारले श्रमिक पठाउने प्रक्रिया तत्काल रोक्नुपर्ने बताउनु भएको छ ।


ललितपुरमा गत असार २२ गते आयोजित एक कार्यक्रममा महासचिब शर्माले सो कुरा बताउनु भएको हो । 


नेपाल सरकारले ‘केयर गिभर’ का रूपमा श्रमिक पठाउन अघि बढाएको प्रक्रिया तत्काल रोक्न माग गर्दै जिफन्टले वैदेशिक रोजगार बोर्डको बैठकमा श्रमिकका प्रतिनिधिले इजरायलमा जान नहुने धारणा राखिसकेको महासचिव शर्माले जानकारी दिनु हुदै  “बाँच्न पाउनु पहिलो हक हो।” भएकोमा जोड दिनु भएको थियो ।