कानुनी साक्षरता र ट्रेड युनियन शिक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले महिला श्रमिकहरूकालागी असार २३ गते देखी सुरू गरेको कानुनी साक्षरता र ट्रेड युनियन शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम असार २५ गते जिफन्ट नियमित ट्रेड युनियन स्कुल अनामनगरमा सम्पन्न भयो । 
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले असार २३ गते प्रशिक्षण  कार्यक्रमको शुभारम्भ गर्नु हुदै प्रशिक्षणले महिला  श्रमिकहरूको क्षमताअभिबृध्दी र श्रम कानुनका बारेमा  ज्ञान हांसिल गर्न सक्ने बताउनु भयो । 


तिन दिन सम्म चलेको सो प्रशिक्षण कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले अधारभुत ट्रेड युनियन र नेतृत्व बिकास बिषयमा, सीता लामा ले जेण्डर र जिफन्टको निती बिषयमा, महासचिब लक्ष्मण शर्माले जिफन्टको नीति तथा कार्यक्रम बिषयमा  र भक्ती धिमिरेले श्रम कानुनका बिषयमा प्रशीक्षण दिनु भएको थियो । 


सप्तरी, सिराहा, धनुषा बारा पर्सा लगाएतका जिल्लाका २५ जना महिला सहभागी सो प्रशिक्षण कार्यक्रमको ब्यवस्थापन शंकर धिमरेले गर्नु भएको थियो भने आईएलओका बसन्त थापाले  उक्त कार्यक्रमको महत्वबारे जानकारी गराउनु भएको थियो । 
 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम