निरङ्कुश पञ्चायती व्यवस्थाको चरम दमनको अवस्थामा २०४० साल बैशाख १ गते टे«किङ क्षेत्रमा कार्यरत मजदुरहरूले आप्mनो हक हित र अधिकार प्राप्तिको लागि ट्रेकिङ मजदुर संघ, नेपालको स्थापना गरेका थिए । नेपाल ट्रेड युनियन महासंघको चार वटा संस्थापक सदस्य युनियनहरूमध्ये ट्रेकिङ मजदुर संघ, नेपाल पनि एक हो । त्यसबेला यस युनियनको अध्यक्ष स्वर्गिय नुरु वाङछु सेर्पा हुनुहुन्थ्यो । नेपाल ट्रेकिङ मजदुर संघको पहिलो राष्ट्रिय सम्मेलन २०४० साल बैशाख १ गते भएको थियो । यस युनियनले २०४६ सालको जनआन्दोलनपछि थुप्रै किसिमका मजदुर गतिविधिहरू सञ्चालन गर्दै अगाडि बढिरहेको छ । २०५५ साल पौष २५ गते सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले यसको कार्यक्षेत्रलाई पैmलाएर लानुपर्ने महसुस गरी ट्राभल्स र रयाफ्टिङ क्षेत्रलाई पनि समेट्ने निर्णय गरयो । त्यही बेला यस युनियनको नाममा ट्राभल्स र रयाफ्टिङ थपिएको थियो, पछि एयरलायनस पनि थपेर नेपाल ट्रेकिङ–ट्राभल्स–रयाफ्टिङ, एयरलायन्स मजदुर युनियन राखियो, छोटकरीमा युनिट्राभ भनी नामाकरण गरियो ।
नेपाल ट्रेड युनियन महासंघ, जिफन्ट आबध्द युनियन युनिट्राभको आयोजनामा असार २० गते जिफन्ट सभाहलमा पर्वतारोहीहरूको भेला अयोजना गरेको छ ।जिफन्ट कार्यबाहक अध्यक्ष जितेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलाले मिङ्मा डेविड शेर्पाको अध्यक्षतामा ११ सदस्य पर्वतारोही कमिटी गठन गरेको छ ।
कार्यबाहक अध्यक्ष जितेन्द्र श्रेष्ठले पर्वतारोहण गर्नु आफैमा जोखिमपूर्ण काम भएको भन्नु हुदै यस क्षेत्रमा काम गर्ने श्रमिकहरूको लागि राज्यले बिशेष ध्यान दिनु पर्ने बताउनु भयो । पर्वतारोहीले गर्ने साहसिक कार्यको तुलनामा सेवा र सुबिधा न्यून रहेकोले नै नयाँ पुस्ताको यो पेशा प्रति आकर्षण घट्नुका साथै दक्ष पर्वतारोहीहरू बिदेशिन बाध्य हुनु परेको बताउनु भयो ।
यूनियट्राभले पर्वतारोही क्षेत्रमा कार्यरत श्रमिकहरूको समस्या समाधानका लागि निरन्तर लागी परेको बताउनु हुदै अध्यक्ष सुमन पराजुलीले संगठनको आगामी योजना बारे प्रकास पार्नु भएको थियो । कार्यक्रममा जिफन्ट महासचिब लक्ष्मण शर्मा र उपमहासचिब नरनाथ लुइटेलको पनि उपस्थिती रहेको थियो ।
जिफन्ट अवध्द युनियन युनिट्राभ गण्डकी प्रदेश कमिटी द्वारा साउन १० गते आयोजित रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।
गण्डकी प्रदेश सांसद गणेशमान गुरुङको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा जिफन्ट गण्डकी अध्यक्ष रुद्र बहादुर खत्री, राष्ट्रिय कमिटी सदस्य पम्फा देवकोटा पहारी लगायतका अतिथिहरू सहभागि रहेको थियो ।
युनिट्राभ प्रदेश अध्यक्ष शालिकराम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न रक्तदान संचालन सचिव रामकृष्ण तिमिल्सिना गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सम्बद्ध युनियन युनिट्राभले ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम साउन २९ गते देखि अनामनगर स्थित जिफन्ट नियमित ट्रेड युनियन स्कुलमा सञ्चालन गरेको छ ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नु हुँदै यूनिट्राभको गर्बिलो इतिहासलाई कायम गर्दै बदलिएको परिवेशमा युनियन आन्दोलनलाइ अगाडी बढाउन युनियनका नेता तथा कार्यकर्ताहरूले इतिहासबाट पाठ सिक्दै भावीदिनकालागी योजनाबद्ध भएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले युनिट्राभको आयोजनामा भएको यस प्रशिक्षक प्रशिक्षण कार्यक्रमले युनिट्राभमा प्रशिक्षकको जमात तयार हुने र यस्ले युनिट्राभलार्इ मात्र नभई सिङ्गो ट्रेड युनियन आन्दोलनलाई मद्दत मिल्ने बताउनु भयो ।
युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा, महासचिव राम बहादुर श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा देशभरका २७ जना युनिट्राभका युवा प्रशिक्षार्थीहरू सहभागी रहनु भएको छ ।
तिन दिन सम्म चल्ने उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, जितेन्द्र श्रेष्ठ, महासचिव लक्ष्मण शर्मा, युनिट्राभ अध्यक्ष सुमन पराजुली लगाएतले सहजिकरणा गर्नु हुने छ ।
युनिट्राभद्वारा आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम साउन ३१ गते सम्पन्न भएको छ साउन २९ गते देखी सुरू भएको सो प्रशिक्षणको पहिलो दिन–प्राथमिक उपचार पुनर्ताजगी तालीम र उच्च हिमाली भेगमा जाँदा श्रमिकले अपनाउनु पर्ने सावधानी सम्वन्धी तालिम दिइएको थियो ।
त्यसैगरी प्रशिक्षणको दोस्रो दिन–यूनिट्राभको ईतिहास, वर्तमान गतिविधि र संगठन विस्तार तथा जिफन्टको संरचना र आगामी कार्य योजनाबारे प्रशिक्षित गरिएको थियो ।
प्रशिक्षणको अन्तिम दिन– संगठनमा प्रचारको भुमिका, जिफन्ट एप्स र सामाजिक संजालको प्रभावकरी प्रयोगबारे प्रशिक्षण प्रदान गरिएको थियो ।

३ दिन सम्म संचालन भरएको प्रशिक्षण कार्यक्रमा जिफन्ट उपाध्यक्ष विदुर कार्की, जितेन्द्र श्रेष्ठ, महासचिव लक्ष्मण शर्मा, यूनिट्राभ अध्यक्ष सुमन पराजुली र हिमालयन उद्धार संघका गोविन्द बस्यालले प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षण कार्यक्रमको समापनमा प्रमुख अतिथि जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सम्पूर्ण सहभागीलाई प्रमाण प्रत्र वितरण गर्दै आफुले सिकेको ज्ञानलाई संगठन विस्तारमा प्रयोग गर्न पनि आग्रह गर्नु भएको थियो ।
समापन कार्यक्रमको संचालन युनिट्राभ महासचिव रामबहादुर श्रेष्ठले गर्नु भएको थियो ।
प्रशिक्षण कार्यक्रमकोथप फोटाकोलागि तलको लिंकमा क्लिक गर्नु होला ।
https://www.facebook.com/media/set/?set=a.122110416158435116&type=3
जिफन्ट आवद्ध युनियन यूनिट्राभको आयोजनामा श्रावण ३१ गते अनामनगरमा सम्पन्न युवा भेलाले नैन बहादुर बुढाको अध्यक्षतामा ९ सदस्य युनिट्राभ केन्द्रीय युवा कमिटी गठन गरेको छ ।
भेलाका प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नव गठित कमिटीलाइ बधाइ तथा शुभकामना दिनु हुँदै अवको नेपाली ट्रेड युनियन अन्दोलनलाइ नेतृत्व गर्न युवा पुस्ता तयार हुनु पर्ने बताउनु भयो ।
जिफन्ट युवा कमिटी अध्यक्ष बिके श्रेष्ठ, यूनिट्राभ अध्यक्ष सुमन प्रसाद पराजुली लगायतले नव गठित कमिटीलाइ शुभकामना दिनु भएको कार्यक्रमको अध्यक्षता युवा कमिटी इन्चार्ज भीम तामाङले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनसियन महासंघ जिफन्ट आबद्घ युनियन युनिट्राभले उच्च हिमाली र तराइ क्षेत्रमा जलबायु परिबर्तनबाट पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको रोजगारिमा परेको असर र प्रभाव न्युनिकरण विषयक सामाजिक सम्बाद कार्यक्रम आयोजना गरेको छ ।
लुम्बिनी बिकाश कोष, लुम्बिनीमा भदौ ८ गते सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले मर्यादित कामका साथै पेशागत हकहित र अधिकारको लागि हामीले जिम्मेवार श्रमिकको भुमिका खेल्नु पर्ने भनाइ राख्नु भयो ।
कोषका सदस्य सचिब सानुराजा शाक्यको विशेष आतिथ्यता रहेको सो कार्यक्रममा युनिट्राभका अध्यक्ष सुमन पराजुलीले सामाजिक सुरक्षा लागु गरेकोमा धन्यवाद दिनुहुदै श्रमिक–श्रमिक बिचमा सेवा सुबिधा बिच बिभेद हुन नहुने भनाइ बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष नबराज अधिकारीले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रम जिफन्टका पूर्व सचिब दामोदर सापकोटाले संचालन गर्नु भएको थियो ।