निरङ्कुश पञ्चायती व्यवस्थाको चरम दमनको अवस्थामा २०४० साल बैशाख १ गते टे«किङ क्षेत्रमा कार्यरत मजदुरहरूले आप्mनो हक हित र अधिकार प्राप्तिको लागि ट्रेकिङ मजदुर संघ, नेपालको स्थापना गरेका थिए । नेपाल ट्रेड युनियन महासंघको चार वटा संस्थापक सदस्य युनियनहरूमध्ये ट्रेकिङ मजदुर संघ, नेपाल पनि एक हो । त्यसबेला यस युनियनको अध्यक्ष स्वर्गिय नुरु वाङछु सेर्पा हुनुहुन्थ्यो । नेपाल ट्रेकिङ मजदुर संघको पहिलो राष्ट्रिय सम्मेलन २०४० साल बैशाख १ गते भएको थियो । यस युनियनले २०४६ सालको जनआन्दोलनपछि थुप्रै किसिमका मजदुर गतिविधिहरू सञ्चालन गर्दै अगाडि बढिरहेको छ । २०५५ साल पौष २५ गते सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले यसको कार्यक्षेत्रलाई पैmलाएर लानुपर्ने महसुस गरी ट्राभल्स र रयाफ्टिङ क्षेत्रलाई पनि समेट्ने निर्णय गरयो । त्यही बेला यस युनियनको नाममा ट्राभल्स र रयाफ्टिङ थपिएको थियो, पछि एयरलायनस पनि थपेर नेपाल ट्रेकिङ–ट्राभल्स–रयाफ्टिङ, एयरलायन्स मजदुर युनियन राखियो, छोटकरीमा युनिट्राभ भनी नामाकरण गरियो ।
नेपाल ट्रेड युनियन महासघ जिफन्ट आबद्ध युनियन युनिट्राभले विराटनगरको सुख्खा बन्दरगाहमा काम गर्ने श्रमिकहरूको भाद्र २१ गते भेला सम्पन्न गरेको छ ।
युनिट्राभका केन्द्रीय अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा सम्पन्न सो भेलाले रन्जित मण्डलको अध्यक्षतामा ११ सदस्य कमिटी गठन गरेको छ ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले सगठनको महत्त्व, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम कानुन र व्यवसायजन्य स्वास्थ्य सुरक्षा लगायत विषयमा प्रकाश पार्नु भएको भेलामा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, जुगकाटेमयु सल्लाहकार परीषद प्रमुख धर्मानन्द सन्जेल, मुरारि भट्टराई, व्हीन उपाध्यक्ष मनोज मगर, नेकपा एमाले बिराटनगर महानगर १८ वडा अध्यक्ष जितेन्द्र कामत लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टको संस्थापक घटक युनियन युनिट्राभको ४२ औँ स्थापना दिवस बैशाख ३ गते जिफन्ट सभाहलमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
कार्यक्रम प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले तत्कालीन निरंकुश पञ्चायती तानाशाही कालको कठिन भूमिगत अवस्थामा २०४० साल वैशाख १ गते नेपाल ट्रेकिङ मजदुर सङ्घको नामबाट हालको युनिट्राभ स्थापना भएको बताउनु हुँदै २०४६ सालमा नेपालको पर्यटन क्षेत्रका मजदुरहरूको हक अधिकारको लागि ८४ सूत्रीय मागपत्र नेपाल सरकारलाई पेश गरेको यस संगठनले २०४७ सालको प्रजातन्त्र पुन स्थापनापछि ट्रेकिङ मजदुरहरूको मर्यादित काम र उचित ज्यालाका लागि कार्य सुरु गरेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले युनियनको प्रभाव र सक्रियताको फलस्वरूप कल्याणकारी कोष, ज्याला वृद्धि, बिमा रकमको वृद्धि, लगायत विभिन्न हिमालको बेस क्याम्प नदी ताल तलैया सिमसार क्षेत्र सरसफाई अभियान सञ्चालन निरन्तर गरीरहने पहिलो संस्थाको रुपमा यो युनियन स्थापित भएको भन्नु हुँदै यस क्षेत्रमा काम गर्ने श्रमिकहरूकोलागि गर्नु पर्ने काम घेरै बाँकी छ, ती कामहरूलाई सम्पन्न गर्न संगठीत शक्ति बिना पुरा नहुने जिकिर गर्नु हुँदै प्राप्त उपलब्धिको रक्षा र थप प्राप्तिकालागि र यस क्षेत्रमा रहेका चुनौतीहरूलाई सामना गर्न स्थापना दिवसले थप प्रेरणा मिल्ने विश्वास सहित मर्यादित कामको आन्दोलनमा जिफन्ट सधैँ अग्रभागमा रहेर साथ सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।
युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा महासचिब राम बहादुर श्रेष्ठले संचालन गर्नु भएको सो कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल र जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट नेस्वहोमयू अध्यक्ष लक्ष्मण तिवारीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
थप् फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122148798488435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल ट्रेकिङ, ट्राभल, र्याफ्टिङ एण्ड एयरलाइन्स मजदुर युनियन (युनिट्राभ) ले साउन २२ गते पर्यटन श्रमिकहरूको सामाजिक सुरक्षा तथा नेपाल पर्वतारोहण संघ (NMA) को आगामी भदौमा हुने निर्वाचनमा युनिट्राभको भूमिका तथा प्रतिनिधित्व विषयक अन्तरक्रिया सम्पन्न गरेको छ।
जिफ्न्ट अध्यक्ष बिनोद श्रेष्ठले युनिट्राभ र NMA बीच विगत दुई दशकदेखि कायम रहेको भाइचाराको सम्बन्ध र संयुक्त रूपमा श्रमिक तथा आरोहीहरूको हितमा गरिएका कामहरूको चर्चा गर्दै आगामी दिनहरूमा पनि सहकार्य र समन्वय जारी राख्नु पर्ने बताउनु भएको छ ।
युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पर्वतारोहण संघका पूर्व कोषाध्यक्ष तथा वर्तमान अध्यक्ष पदका उम्मेदवार टिकाराम गुरुङ, युनिट्राभ सल्लाहकार समिति अध्यक्ष तथा नेपाल पर्वतारोहण संघका पूर्व कार्यसमिति सदस्य सार्की तामाङ र बागमती प्रदेश पर्यटन क्षेत्रका प्रदेश सदस्य टिकाराम नेपाली लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन युनियनका महासचिव राम बहादुर श्रेष्ठले गरेका थिए।
नेपाल पर्वतारोहण संघको भाद्र ७ गते हुन गइरहेको निर्वाचनमा जिफन्ट अवद्ध युनियन युनिट्राभको तर्फबाट ४ जनाको उम्मेदवारी धोषणा गरेको छ ।
पर्वतारोहि श्रमिकको भेला भाद्र १ गते जिफन्ट सभाहलमा भएको भेलाले मिङमार शेर्पा, सन्देश शेर्पा, जेनजेन लामा र फुरतेन्जि शेर्पालाइ उम्मेदबार बनाउने घोषणा गरेको हो ।

भेलामा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले बिजयकालागी शुभकामना दिनु हुंदै आरोहि श्रमिकको भावना सम्बोधन हुने गरी, मर्यादित काम, उचित ज्याला, सामाजिक सुरक्षा र दक्ष जनशक्तिको बिकासकालागि प्रभावकारी भुमिका खेल्नु पर्नेमा जोड दिंदै यस्कालागि जिफन्ट सधै तपाईंहरूको साथ रहेको बताउदै विजयकालागि शुभकामना दिनु भयो ।

भेलामा जिफन्ट उपाध्यक्ष सीता लामाले पेशा गत हकहित र आरोहिको भावना को कदर गर्दै श्रमिकहरूको तर्फबाट पर्वतारोहण संघमा महत्वपुर्ण भुमिका निर्वाहा गर्न शुभकामना दिनु भयो ।

युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा महासचिब राम बहादुर श्रेष्ठले संचालन गर्नु भएको भेलामा पर्वतारोहण संघको चारै जना उम्मेदवारले श्रमिकहरूको भावना र तीनिहरूको हक अधिकारकोलागि प्रतिवद्ध रहेको बताउनु भएको छ ।
नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) आबद्ध युनियन युनिट्राभद्वारा साउन २९ गते सामाजिक सुरक्षा बियषमा सामाजिक सम्वाद कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी जिफन्ट अध्यक्ष श्रेष्ठले पर्वतारोहण क्षेत्रमा योगदानमा आधारीत सामाजिक सुरक्षा अनिवार्य हुनु पर्ने भन्नु हुंदै नेपालको पर्वतारोहण क्षेत्रको विकास र बिस्तारकालागि नेपाल पर्वतारोहण संघ (NMA) र युनिट्राभ बीचको सहकार्य महत्वपुर्ण भएको बताउनु भएको छ ।
अध्यक्ष श्रेष्ठले यस क्षेत्रका श्रमिकहरूको मर्यादित कामका लागि युनिट्राभमा संगठित हुनुको बिकल्प नरहेको बताउँदै यस्कालागि आगामी भदौमा हुने पर्वतारोहण संघको निर्वाचनमा युनिट्राभको प्रतिनिधित्व आवश्यक रहेकोमा जोड दिनु भएको छ।
युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा महासचिब राम बाहादुर श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा पर्वतारोहण संघका अध्यक्ष कुल गुरुङ, बरिष्ठ उपाध्यक्ष टीका गुरुङ, कोषाध्यक्ष सुमि लामा, युनिट्राभ सल्लाहकार कमिटि अध्यक्ष सार्की तामाङ लगाएतका अथितिहरूले मन्तब्य राख्नु भएको थियो ।
जिफन्ट आबद्ध युनिट्राभ एयरपोर्ट इलाका कमिटिले हरीतालिका तीजको अवसरमा भाद्र १ गते शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले तीजको शुभकामना दिनु हुंदै तीज केवल सांस्कृतीक चाड मात्र नभइ महिलाहरूले वर्ष भरी गरेका कामहरूको थकाइलाइ बिर्सेर नया उर्जाका साथ अगाडी बढ्न प्रेरीत गर्ने पर्व पनि रहेको बताउनु भएको छ ।
जिफन्ट उपाध्यक्ष सीता लामाले तीज पर्वले श्रमिक महिलाहरूको हक अधिकार प्राप्तीकालागी श्रमिक महिलाको एकता प्रदर्शन गर्न प्रेरणा मिल्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जिफन्ट उपमहासचिब कमला तामाङ, सचिब बिजया खड्का, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, युनिट्राभ अध्यक्ष सुमन पराजुली, महासचिब राम बहादुर थापा लगायतका अतिथीहरूको उपस्थीतीमा रहेको थियो ।