जलबायु परिबर्तन न्युनिकरण विषयक सामाजिक सम्बाद सम्पन्न

नेपाल ट्रेड युनसियन महासंघ जिफन्ट आबद्घ युनियन युनिट्राभले उच्च हिमाली र तराइ क्षेत्रमा जलबायु परिबर्तनबाट पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको रोजगारिमा परेको असर र प्रभाव न्युनिकरण विषयक सामाजिक सम्बाद कार्यक्रम आयोजना गरेको छ । 

लुम्बिनी बिकाश कोष, लुम्बिनीमा  भदौ ८ गते सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले मर्यादित कामका साथै पेशागत हकहित र अधिकारको लागि हामीले जिम्मेवार श्रमिकको भुमिका खेल्नु पर्ने भनाइ राख्नु भयो । 

कोषका सदस्य सचिब सानुराजा शाक्यको विशेष आतिथ्यता रहेको सो कार्यक्रममा युनिट्राभका अध्यक्ष सुमन पराजुलीले सामाजिक सुरक्षा लागु गरेकोमा धन्यवाद दिनुहुदै श्रमिक–श्रमिक बिचमा सेवा सुबिधा बिच बिभेद हुन नहुने भनाइ बताउनु  भयो । 

प्रतिष्ठानका अध्यक्ष नबराज अधिकारीले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रम जिफन्टका पूर्व सचिब दामोदर सापकोटाले संचालन गर्नु भएको थियो ।

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम