युनिट्राभको पर्वतारोही कमिटी गठन

नेपाल ट्रेड युनियन महासंघ, जिफन्ट आबध्द युनियन युनिट्राभको आयोजनामा असार २० गते जिफन्ट सभाहलमा पर्वतारोहीहरूको भेला अयोजना गरेको छ ।जिफन्ट कार्यबाहक अध्यक्ष जितेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलाले मिङ्मा डेविड शेर्पाको अध्यक्षतामा ११ सदस्य पर्वतारोही कमिटी गठन गरेको छ ।

कार्यबाहक अध्यक्ष जितेन्द्र  श्रेष्ठले पर्वतारोहण गर्नु आफैमा जोखिमपूर्ण काम भएको भन्नु हुदै यस क्षेत्रमा काम गर्ने श्रमिकहरूको लागि राज्यले बिशेष ध्यान दिनु पर्ने बताउनु भयो । पर्वतारोहीले गर्ने साहसिक कार्यको तुलनामा सेवा र सुबिधा न्यून रहेकोले नै नयाँ पुस्ताको यो पेशा प्रति आकर्षण घट्नुका साथै दक्ष पर्वतारोहीहरू बिदेशिन बाध्य हुनु परेको बताउनु भयो । 

यूनियट्राभले पर्वतारोही क्षेत्रमा कार्यरत  श्रमिकहरूको समस्या समाधानका लागि निरन्तर लागी परेको बताउनु हुदै अध्यक्ष सुमन पराजुलीले संगठनको आगामी योजना बारे प्रकास पार्नु भएको थियो । कार्यक्रममा जिफन्ट महासचिब लक्ष्मण शर्मा र उपमहासचिब नरनाथ लुइटेलको पनि उपस्थिती रहेको थियो ।

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम