नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक सघ (नेष्ट) को सातौं राष्ट्रिय अधिवेशन २०८३ सालको पुसमा आयोजना गर्ने भएको छ ।
नेष्टको असार २६ गते जिफन्ट सभाहलमा सम्पन्न ४१औ केन्द्रिय कमिटी बैठकले आगामी पुसको २५ र २६ गते काठमाण्डौमा गर्ने र २०८३ कार्तिक भित्र केन्द्रीय मातहत कमिटीहरू गठन तथा पुनरगठन, सदस्यता बिस्तार तथा नविकरण अभियान संचालन गर्ने निर्णय गरेको हो ।
बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बदलिएको राजनीतिक परिस्थितिमा ट्रेड यूनियन आन्दोलनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा प्रकाश पार्नु भएको थियो भने महासचिब लक्ष्मण शर्माले जिफन्टको कार्यक्रमलाइ प्रभावकारी कार्यान्वयनकोलागि आवद्ध युनियनको भुमिका बारे प्रकाश पार्नु भएको थियो ।
नेष्ट अध्यक्ष माया गुरूङको अध्यक्षतामा प्रतिनिधि परिषद प्रमूख तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य नारायण न्याैपानेको समेत उपस्थीत रहेको नेष्ट महासचिब राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को असार २६ गते सम्पन्न बराहक्षेत्र नगर भेलाले आयुसा निरौलाको अध्यक्षतामा ९ सदस्यीय नगर कमिटी गठन गरेको छ।
नाबुनकी केन्द्रीय महासचिव ममता प्रधानले नवगठित कमिटीलाई सक्रिय, अनुशासित र प्रभावकारी रूपमा सञ्चालन गर्न शुभकामना ब्यक्त गर्दै सौन्दर्यकर्मीहरूको पेशागत हकहित, सम्मान र मर्यादाको संरक्षणका लागि नाबुन निरन्तर क्रियाशील रहेको बताउँदै सौन्दर्य व्यवसायलाई केवल पेशागत सीमाभित्र नराखी सामाजिक उत्तरदायित्वसँग पनि जोड्नुपर्ने धारणा राख्नुभयो।
नाबुन कोशी प्रदेश अध्यक्ष कला डाँगीले नव निर्वाचित कमिटिलाइ शुभकामना मन्तब्य राख्नु भएको भेलाको अध्यक्षता निशा पौडेलले र संचालन कोशी प्रदेश सचिब अमिता पोख्रेलले गर्नु भएको थियो ।
राइड सेयर श्रमिक गणेश नेपालीको आत्मदाहबाट भएको निधन भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाहीको माग गर्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राइडर्स युनियन नेपाल (रन), नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघ लगायतका संस्थाहरूले असार २६ गते बिरअस्पताल परिसरमा शान्तीपुर्ण धर्ना दिएको छ ।
निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, आश्रीत परिवारलाइ क्षतिपुर्ती, छोरीलाइ निशुल्क शिक्षा, तथा परिवार सदस्यलाइ रोजगारको ब्यवस्था लगायतका माग राखी शान्तीपुर्ण धर्ना कार्यक्रममाको अयोजना गरेको रन केन्द्रीय सदस्य सुदिप परीयारले जानकारी दिनु भएको छ ।
सरकारले राइडसेयर श्रमिक गणेश नेपालीलाई आत्मदाहको निर्मम बाटो रोज्न बाध्य बनाएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ । सरकारका संरचनाहरु जल्लादको भूमिकामा रहेको बताएको छ ।
संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात श्रमिक तथा सडकप्रयोगकर्तामाथि ट्राफिक जरिवानाको आतंक, अभद्र व्यवहार, अत्याचार र चरम अपमान कतिसम्म थियो भन्ने उदाहरण नेपालीको आत्मदाहको घटनाले स्पष्ट गरेको बताएकाछन् ।
शुक्रबार विज्ञप्ती जारी गर्दै गरिखाने श्रमिकलाई आत्मदाहजस्तो निर्मम बाटोे रोज्न बाध्य बनाउने सरकार भएको उल्लेख गर्दै वर्तमान सरकारका संरचनाहरु जल्लादको भूमिकामा रहेको आरोप लगाएका छन् । ट्राफिक जरिवानाको नाममा सडकमा आतंक सिर्जना गर्ने, श्रमिकलाई अपराधीकरण गर्ने कार्यहरू अशोभनीय रहेको उल्लेख गर्दै गणेश नेपालीको हृदयविदारक घटनाले देशभरका करिब १३ लाख श्रमिकलाई त्रस्त बनाएको उल्लेख छ ।
संगठनले गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गरिनुका साथै उनको आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेको छ । त्यस्तै ट्राफिक जरिवाना र दण्डको नाममा गरिने दमनकारी अभ्यास तुरुन्त रोक्न सरकारसंग माग राखेको छ । सरकारले जारी गर्न लागेको जरिवाना वृद्धि सहितको सवारी तथा यातायात ऐन २०८३ का श्रमिक प्रतिकूल दफाहरु परिमार्जन गर्नुपर्ने सरकारसंग माग रहेकोछ ।
त्यस्तै सडकमा वर्षौँदेखि भइरहेका राज्य आतंकलाई अन्त्य नगर्ने हो भने गणेश नेपालीको आत्मदाहजस्ता घटनामा बढोत्तरी भई थुप्रै श्रमिकले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना हुने उल्लेख गर्दै सार्वजनिक यातायात सुधारका लागि भौतिक पूर्वाधारको सुधार र श्रमिकमैत्री नीति निर्माण गर्न माग राखेको छ ।
यातायात श्रमिकलाई सडकमा हुने दुव्र्यवहार र अपमानको अन्त्य, सुरक्षित पूर्वाधार, स्वच्छ कार्यस्थल, तथा सामाजिक सुरक्षा सहितको सुरक्षित जीवनको ग्यारेन्टी लगायतका चारबुँदे ध्यानाकर्षण गराएको छ ।
बिहीबार मध्यान्ह त्रिपुरेश्वरस्थित राहदानी विभाग अघि मुगुका २५ वर्षीय गणेश नेपालीको मोटरसाइकलमा नगर प्रहरीले ह्वीललक लगाएर जरिवाना काटेपछि आफ्नो गल्ती नभएको जिकिर गरे । घण्टौँ मोटरसाइकल नछाडेपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए उनको उपचारको क्रममा शुक्रबार निधन भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राइडर्स युनियन नेपाल (रन) ले असार २५ गते एक बिज्ञप्ती जारी गर्दै राइड सेयर श्रमिक गणेश नेपालीको आत्मदाहको प्रयत्न र घटनाको पष्ठृभमूी प्रती गम्भीर ध्यार्नाकर्षण भएको जनाएको छ।
राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीले असार २५ गते काठमाडौंको, त्रिपुरेश्वरमा आत्मदाहको प्रयत्न गरेका थिए ।
रनले प्रेश बिज्ञप्ती जारी गर्दै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना महानगरपालिका र प्रहरीले ट्राफिक ब्यवस्थापनकालागी जरीवानालाइ मात्रै प्रमुख समाधानको उपाए बनाएकोले न्युन आय भएका श्रमिकहरूले आर्थिक तथा मनोबेज्ञानिक दवाबमा काम गर्नु परेको उल्लेख गर्दै यस घटनाबाट शिक्षालिंदै प्लाटफर्म श्रमिकहरूको कार्य बातावरण सहज र सुरक्षित बनाउनुका साथै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय मापदण्डलाइ सम्मान गर्दे कार्यान्वयको माग गरेको छ ।
गणेश नेपालीको जिवन रक्षाकालागी कुनै पनि कसुर नछोड्न सरकार समक्ष जोडदार माग समेत गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) कोशी प्रदेश कमिटीको असार १२ गते विराटगरमा सम्पन्न दोस्रो अधिवेशनले नविन कुमार खां चौधरीको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ।

जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले अधिवेशन उद्धघाटन गर्नु हुंदै बदलिएको राजनीतिमा युनियनले खेल्नु पर्ने भूमिका, सामाजिक सुरक्षामा श्रमिकहरूको आबद्धता बारे प्रकाश पार्नु हुंदै ट्रेड युनियनको बारेमा भएका गलत प्रचारको पछाडि नलागी इमानदारी पुर्वक श्रम क्षेत्रमा रहेका श्रमिकहरूलाइ संगठीत गर्ने अभियानमा लाग्न आव्हान गर्नु भयो ।

अधिवेशनमा ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, उपमहासचिव अर्जुन चौलागाई, सदस्यहरू सञ्जय राजवंशी, विजय मण्डल र जगकाटेमयु सल्लाहकार धर्म नन्द संजेल, लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नविन कुमार खां चौधरीको अध्यक्षतामा पवन कुमार राजवंशीले स्वागत गर्नु भएको अधिवेशन उद्धघाटन समारोहमा मुरारी भट्टराई, जिफन्ट युवा अध्यक्ष भली सुब्बा लगायतका अतिथीहरको उपस्थीती रहेको थियो।
