सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) काठमाडौँ महानगर पालिका २२ नम्बर वडा कमिटीको फागुण २१ गते सम्पन्न ९ औ अधिवेशनले प्रेम कोईरालाको अध्यक्षतामा ९ सदस्यीय कमिटी र माया गुरुङको अध्यक्षतामा ७ सदस्य महिला कमिटी निर्वाचित गरेको छ ।

नेपालको ट्रेड युनियन आन्दोलनको गौरवमय ७८ औँ वार्षिकोत्सव अवसर समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) द्वारा फागुण २१ गते पर्सा जिल्लाको परवानीपुरमा रहेको ब्रीटानिया नेपाल प्रा. ली. परिषरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान जीवनदान भन्ने मूल नाराका साथ व्हिनका अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा ५९ जना श्रमिकहरूले रक्तदान गर्नु भएको थियो !
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) हस्तकला उत्पादक संघ प्रा.ली को फागुण २१ गते सम्पन्न दशौ अधिवेशनले सुभद्रा केसीको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको छ ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले अधिवेशनको उद्धघाटन गर्नु हुदै जिफन्टले संचालन गरीरहेको अभियान र बर्तमान श्रम आन्दोलनमा देखिएका चुनौतीका बारेमा प्रकाश पार्नु भएको सो अधिवेशनबाट निर्वाचित कमिटिलाइ ह्वीन उपमहासचिव अर्जुन चौलागाईले पद तथा गोपनिताको सपथ ग्रहण गराउनु भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले नेपाली ट्रेड युनियन आन्दोलनको ७८औं वार्षिकोत्सवको उपलक्ष्यमा फागुन २१ गते “ जलवायु संकट र पर्वतीय श्रमिकहरुको अधिकार” शीर्षकमा छलफल कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जलवायु परिवर्तन श्रमिकहरुकोलागि नयाँ मुद्दा भए पनि श्रमिकहरुको आधारभूत अधिकारको सम्बन्धमा सम्झौता गर्न नसकिने बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले पर्वतारोहण क्षेत्रमा कार्यरत श्रमिकहरूलाइ संगठीत गर्ने अभियान ४१ वर्ष अगाडी देखी जिफन्टले थालनी गरेको भन्नु हुदै अहिले जलवायु परिवर्तनको नाममा श्रमिकहरुले रोजगारी गुमाएका छन् , पर्यावरणिय परिवर्तनले गर्दा श्रमिकहरुमा व्यवसायजन्य रोगहरु देखा पर्न थालेको छ, पर्यावरणिय परिवर्तनका कारणले हुने हिमाली दुर्घटनावाट हरेक वर्ष हामीले थुप्रै पर्यटन श्रमिक गुमाउनु परेको बताउनु भयो ।
नेपालमा जलवायु परिवर्तनका कारण जोखिममा रहेको श्रमिकको जिवनको सुरक्षा गर्न न्यायिक रुपान्तरण आजको आवस्यकता भएकोमा जोड दिनु हुदै अध्यक्ष श्रेष्ठले यसको लागि सरोकारवाला सबै मिलेर रणनीतिक योजना बनाउन आवस्यक रहेको भन्नु हुदै, मर्यादित कामको विशेषता सहितको हरित रोजगारीको कार्यक्रम तर्जुमा गर्नु पर्छ र यसकालागि श्रमिकको क्षमता अभिवृद्धी र दिगो रोजगारीका लागि लगानीको वातावरण सृजना गर्न आवस्यक रहेको जिफन्टको मान्यता रहेको बताउनु भयो ।

जिफन्ट महासचिव लक्ष्मण शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरू शेर्पा, सगरमाथा आरोही संघकी अध्यक्ष माया शेरर्पा, ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (टान) का अध्यक्ष सागर पाण्डे, वन तथा वातावरण मन्त्रालयको रेड परियोजनाका प्रमुख, नवराज पुडासैनी र श्रम, जलवायु, र वातावरणका लागि अन्तर्राष्ट्रिय कार्यक्रम, श्रम र शहरी अध्ययन स्कूल, न्यूयोर्कको सिटी विश्वविद्यालयका निर्देशक सीन स्वीनीले जलवायु संकट र पर्वतीय श्रमिकहरुको अधिकारका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा जलवायु परिवर्तन, हिमाली पर्यटन श्रमिकका अधिकारका बारेमा सहभागिहरूले राखेका जिज्ञासाहरूलाइ प्यानलिष्टहरूले प्रष्ट पार्नु भएको सो छलफल कार्यकमको निष्कर्ष जिफन्ट पोलिसी इन्स्च्यूट (टुपी) का सदस्य संजय बरालले सुनाउनु भएको थियो ।

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोला ।
https://www.facebook.com/media/set/?set=a.122142961856435116&type=3
बिश्वका मजदुर एक होऔं भन्ने केवल नारा मात्र नभएर यो समग्र श्रमजीवीहरूको भावना, चाहाना र आन्दोलनको मार्गदर्शन पनि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।
नेपालको ट्रेड युनियन आन्दोलन ७८ औं वार्षिक उत्सबको सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्धारा फागुण २० गते सभागृहमा आयोजित कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रगती र बिकास भनेको निरन्तर प्रकृया रहेको र ७८ वर्षको नेपालको ट्रेड युनिनयन आन्दोलनमा थुप्रै उतार चढाब आएको भन्नु हुदै नेपालको श्रम आन्दोलन जिफन्टले सही तरीकाले अगाडी बढारहेको र अझ प्रभावकारी बनाउन बिश्व श्रम अन्दोलनबाट सिक्दै नेपालको ट्रेड युनियन आन्दोलनलाइ अझ शसक्त बनाउनु पर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा श्रमिकहरूलाइ न्यूनतम भन्दा कम पारिश्रमिक दिएर काम लगाउन पाइँदैन भन्नु हुदै श्रमिकको मन प्रशन्न नभइकन उद्योग–व्यवसायका काम सहजरूपमा अघि बढ्न नसक्ने र श्रमिकहरू पनि रोजगारदातामा रुपान्तरण हुनसक्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनु भएको छ ।
हिमाल पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको सन्दर्भमा प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह समेत गर्नु भएको थियो ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु हुदै मार्च ४, १९४७ अर्थात २००३ साल फागुन २१ गते बाट सुरुवात भएको नेपालको संगठित ट्रेड युनियन आन्दोलनको निरन्तरता आजको जिफण्ट हो भन्दा जिफन्टले गौरव महसुस गरीरहेको बताउनु भएको छ ।
हामी नेपाली ट्रेड युनियनकर्मीहरु मर्यादित कामको विशेषता सहितको हरित रोजगारीको कार्यक्रम तर्जुमा गर्नु पर्दछ भन्ने मान्यता राख्दछौ । यसकालागि श्रमिकको क्षमता अभिवृद्धी र दिगो रोजगारीका लागि लगानीको वातावरण सृजना गर्ने तर्फ गतिविधि गर्न आवस्यक रहेको बताउनु भएको थियो ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं जिफन्टका पूर्व अध्यक्ष विष्णुप रिमालले अहिलेको श्रम अन्दोलन लोकतन्त्रकालागी नभइ लोकतन्त्र भित्र बसेर श्रमिक अधिकारकालागी अन्दोलन गरी रहेको भन्नु हुंदै श्रमिक वर्ग भनेको निस्वार्थ हुने बताउनु भएको थियो ।
कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटियुसिसि)का अध्यक्ष जगत सिङ्खडा, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO)का नेपालस्थित राष्ट्रिय निर्देशक नुवान उज्गान, पर्वतारोही मिङमा डेबीड शेर्पा लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा पर्वतारोहण क्षेत्रमा योगदान गर्नु भएका १० जना पर्बतारोहीहरूलाइ सम्मान समेत गरेको थियो ।
थप पोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122142829658435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) हस्तकला उत्पादक संघ प्रा.ली को फागुण २१ गते सम्पन्न दशौँ अधिवेशनले सुभद्रा केसीको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको छ ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले अधिवेशनको उद्घाटन गर्नु हुदै जिफन्टले सञ्चालन गरिरहेको अभियान र वर्तमान श्रम आन्दोलनमा देखिएका चुनौतीका बारेमा प्रकाश पार्नु भएको सो अधिवेशनबाट निर्वाचित कमिटीलाई ह्वीन उपमहासचिव अर्जुन चौलागाईले पद तथा गोपनिताको सपथ ग्रहण गराउनु भएको थियो ।