बिश्वका मजदुर एक होऔं, केवल नारा मात्र नभएर समग्र श्रमजीवीहरूको भावना, चाहाना र आन्दोलनको मार्गदर्शनः प्रधानमन्त्री केपी शर्मा ओली

बिश्वका मजदुर एक होऔं भन्ने केवल नारा मात्र नभएर यो समग्र श्रमजीवीहरूको भावना, चाहाना र आन्दोलनको मार्गदर्शन पनि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । 

नेपालको ट्रेड युनियन आन्दोलन ७८ औं वार्षिक उत्सबको सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्धारा फागुण २० गते सभागृहमा आयोजित कार्यक्रममा सो कुरा बताउनु भएको हो । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रगती र बिकास भनेको निरन्तर प्रकृया रहेको र ७८ वर्षको नेपालको ट्रेड युनिनयन आन्दोलनमा थुप्रै उतार चढाब आएको भन्नु हुदै नेपालको श्रम आन्दोलन जिफन्टले सही तरीकाले अगाडी बढारहेको र अझ प्रभावकारी बनाउन बिश्व श्रम अन्दोलनबाट सिक्दै नेपालको ट्रेड युनियन आन्दोलनलाइ अझ शसक्त बनाउनु पर्ने बताउनु भयो । 

प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा श्रमिकहरूलाइ न्यूनतम भन्दा कम पारिश्रमिक दिएर काम लगाउन पाइँदैन भन्नु हुदै श्रमिकको मन प्रशन्न नभइकन उद्योग–व्यवसायका काम सहजरूपमा अघि बढ्न नसक्ने र श्रमिकहरू पनि रोजगारदातामा रुपान्तरण हुनसक्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनु भएको छ ।

हिमाल पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको सन्दर्भमा प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह समेत गर्नु भएको थियो । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु हुदै मार्च ४, १९४७ अर्थात २००३ साल फागुन २१ गते बाट सुरुवात भएको नेपालको संगठित ट्रेड युनियन आन्दोलनको निरन्तरता आजको जिफण्ट हो भन्दा जिफन्टले गौरव महसुस गरीरहेको बताउनु भएको छ ।

हामी नेपाली ट्रेड युनियनकर्मीहरु मर्यादित कामको विशेषता सहितको हरित रोजगारीको कार्यक्रम तर्जुमा गर्नु पर्दछ भन्ने मान्यता राख्दछौ ।  यसकालागि श्रमिकको क्षमता अभिवृद्धी र दिगो रोजगारीका लागि लगानीको वातावरण सृजना गर्ने तर्फ गतिविधि गर्न आवस्यक  रहेको बताउनु भएको थियो ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं जिफन्टका पूर्व अध्यक्ष विष्णुप रिमालले अहिलेको श्रम अन्दोलन लोकतन्त्रकालागी नभइ लोकतन्त्र भित्र बसेर श्रमिक अधिकारकालागी अन्दोलन गरी रहेको भन्नु हुंदै श्रमिक वर्ग भनेको निस्वार्थ हुने बताउनु भएको थियो ।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटियुसिसि)का अध्यक्ष जगत सिङ्खडा, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO)का नेपालस्थित राष्ट्रिय निर्देशक नुवान उज्गान, पर्वतारोही मिङमा डेबीड शेर्पा लगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा पर्वतारोहण क्षेत्रमा योगदान गर्नु भएका १० जना पर्बतारोहीहरूलाइ सम्मान समेत गरेको थियो । 

थप पोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122142829658435116&type=3