गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

क्युपेक धनगढी र चन्द्रागिरी नगर अधिवेशन सम्पन्न

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदूर यूनियन (क्यूपेक नेपाल) धनगढी नगर कमिटीको चैत्र ९ गते सम्पन्न दोश्रो अधिवेशनले युवराज पोख्रेल अध्यक्षतामा ८ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्लको प्रमुख आतिथ्यतामा  भएको सो अधिवेशनमा जिफन्ट सुदूरपश्चिम प्रदेश सचिव चन्द्र प्रकाश गैह्रे लगायतका नेताहरको सहभागिता रहेको थियो । 

त्यसैगरी सोहि दिन क्युपेक नेपाल चन्द्रागिरि नगर कमिटिको दोस्रो अधिवेशन जिफन्ट सचिव बेलिमाया घलेको प्रमुख अथित्यतामा सम्पन्न भएको छ । अधिवेशनले आइतमाया साम्वाको अध्यक्षतामा १३  सदस्यीय  कमिटी चयन गरेको छ । 
 

ह्वीन रिजालटासी र बर्दिया डिस्टिलरीको अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) को रिजालटासी इण्डष्ट्रिज इकाई कमिटीको आठौँ अधिवेशन चैत ९ गते जिफन्ट राष्ट्रीय कमिटी सदस्य भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

झनक श्रेष्ठ अध्यक्षतामा ११ सदस्यीय कमिटि निर्वाचित गरेको सो अधिवेशनमा ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, केन्द्रीय सदस्य विजयकुमार लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । 

त्यसैगरी सोही दिन सम्पन्न ह्वीन बर्दिया डिस्टिलरीको तेस्रो अधिबेशनले उदय राज खत्रीको अध्यक्षतामा ७ सदस्यीय कमिटि निवार्चित गरेको छ ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य पुर्ण के.सी.को प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा जिफन्ट बरिष्ट युनियनकर्मी संजाल सदस्य केशवराज गिरी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । 
 

जलवायु परिवर्तनबाट मजदुरहरुलाई बचाउन सकारात्मक सोच आवश्यकः अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले जलवायु परिवर्तनबाट हुने असर र क्षतिमा मजदुरहरु प्राथमिकता नपर्ने गरेको र मजदुरलाई सरकारले गर्ने व्यवहार त्रुटिपूर्ण रहेको बताउनु भएको छ ।

संयुक्त ट्रेड युनियन केन्द्र (जेटियुसिसी) ले चैत्र ९ गते आयोजना गरेको ‘नेपाली श्रम बजारमा जलवायु परिवर्तन र न्यायिक रुपान्तरणका मुद्दाहरु’ विषयक कार्यक्रममा बोल्नुहुदै अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनका असरबाट मजदुरहरुलाई बचाउन सबैले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीका अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल ट्रेड  युनियन काँग्रेस (एनटियुसी) का अध्यक्ष योगेन्द्रकुमार कुँवर र सार्टुकका महासचिव लक्ष्मण बस्नेतले जलवायु परिवर्तन र यसबाट हुने असरका बारेमा जनचेतनामुलक कार्यक्रमका लागि सरकार र ट्रेड युनियन संघ संस्थाबीच सहकार्य गर्नुपर्नेमा जोड दिनु भएको थियो  ।
 

जिफन्टको पहलमा कतारबाट शब नेपाल ल्याइयो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को पहलमा कतारबाट दिपक परियारको शब चैत ८ गते नेपाल ल्याएको छ ।

बैदेशिक रोजगारीको शिलसिलामा करिब ५ वर्ष अगाडी कतार पुगेका फलेबास नगरपालिका ५ का ४३ बर्षिय दिपक परियार अस्वस्थ भइ उपचारको क्रममा १५ दिन अगाडी निधन भएको थियो ।

परियार काम गर्ने कम्पनिले शब नेपाल पठाउन नमाने पछी जिफन्ट सहयोग समूह कतारको पहलमा बैदेशिक रोगार बोर्डको सहयोगमा शब नेपाल ल्याएको जिफन्ट प्रवसी डेक्सका जनक बि.क ले जानकारी दिनुभएको हो ।
 

राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) ले १७ औँ स्थापना दिवस मनायो

राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) को १७ औँ स्थापना दिवस चैत्र ७ गते जिफन्ट सभाहलमा मनाएको छ । 

नाबुन केन्द्रीय संयोजक पम्फा पहारी देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले युनियनको स्थापना दिवसको अवसरमा समस्त सौन्दर्यकर्मीहरूलाई सुदृढ र गतिशील युनियन निर्माण गर्दै सामाजिक सुरक्षा र मर्यादित कामका लागि समर्पित हुने अपेक्षा सहित स्थापना दिवसको शुभकामना ब्यक्त गर्नु भएको छ । 

नाबुन केन्द्रीय संयोजक पम्फा पहारी देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष सीता लामा, महासचिब लक्ष्मण शर्मा र जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट क्यूपेक नेपाल अध्यक्ष शान्ता बस्नेतले मन्तब्य राख्नु भएको थियो ।

त्यसैगरी कास्की जिल्लाको पोखरामा, पर्वत जिल्लाको गोर्खामा, चितवन जिल्लाको भरतपुरमा,  सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा, उदयपुर जिल्लाको त्रियुगा नगर पालिकामा र सुनसरी जिल्लाको धरान र इटहरीमा पनि स्थापना दिवस मनाएको नाबुन सचिव सुजना जोशीले जानकारी दिनु भएको छ ।

थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?vanity=gefontmoments&set=a.122145078158435116

नाबुन विराटनगरद्वारा कक्षा आठकी छात्रा भारती कुमारी कामतलाई छात्रवृत्ति प्रदान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगरको १६औँ वार्षिकोत्सवको अवसरमा जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी कामतलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन समस्या व्योहोर्नु परेको अवस्थाकी छात्रालाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले महानगर कमिटीले कक्षा दश सम्मको पढाइमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने कमिटीकी अध्यक्ष भली सुब्बाले जानकारी दिनुभयो ।


कार्यक्रममा नाबुनकी केन्द्रीय सदस्य गङ्गा तामाङ, नाबुन कोसी प्रदेश अध्यक्ष कला डाँगीले महानगरले थालेको यो कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उदेस्यले थालेको यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

विद्यालयका सहायक प्रधानाध्यापक चिन्तामणि रिजालले भारती जस्ता जेहेन्दार विद्यार्थीहरूलाई दिइने यस्ता छात्रवृत्तिले उनीहरूको शैक्षिक यात्रामा ठुलो टेवा दिने बताउनुभयो । विद्यालयका अध्यक्ष मनोज विक्रम साहले सौन्दर्यकर्मीहरूको यस पहलको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नाबुन विराटनगर महानगरकी सचिव बसन्ती गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने नाबुन प्रदेशकी कोषाध्यक्ष अमिता पोखरेल, जिफन्ट कोसी प्रदेशकी महिला सचिव सायद तवसुम लगायत अन्य सौन्दर्यकर्मीहरूको उपस्थिति रहेको थियो ।