गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

जिफन्टले कुवेतबाट ३ जना प्रवाशी श्रमिकलाई उद्धार

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले कुवेतबाट ३ जना प्रवाशी श्रमिकलाई उद्धार गरेको छ ।

success nepal human resource म्यानपावरबाट १४ महिना अगाडी कुवेत स्थित united company मा काम गर्न पुगेका बर्दिया जिल्लाको गोविन्द थारु, धादिङ जिल्लाका झमक नारायण श्रेष्ठ र रमेश खडकालाइ सम्झौता अनुसार कम्पनीले तलब नदिने, सम्झौता विपरीत काम लगाउने तलब माग्दा कुटपीत गर्ने गरे पछि सामाजिक सञ्जाल मार्फत जिफन्ट प्रवाशी डेस्कमा सम्पर्क गरी फागुण २९ गते नेपाल फर्कन सफल भएको पीडित श्रमिकहरूले बताएका छन् ।  

नेपाल फर्कन सफल भए पछि श्रमिक खबर सँग कुरा गर्दै जिफन्टले क्षतिपुर्तीकोलागी थप सहयोग गरिरहेको र नेपाल फर्कनलाई आवश्यक सहयोग गरेकोमा जिफन्टलाइ धन्यवाद दिनु भएको छ ।
 

होटेल तथा पर्यटन क्षेत्रका श्रमिकहरूले आन्दोलन गर्ने

होटेल तथा पर्यटन क्षेत्रका श्रमिकहरूले विगत २० वर्ष देखि खाई पाई आएको १०% सेवा शुल्क अदालतले खारेज गरेपछि नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु), नेपाल पर्यटन तथा होटेल समृद्ध श्रमिक संघ र अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर सङ्घले गत वैशाख २६ गते होटेल एसोसिएसन अफ नेपाल (हान) लाई  पेश गरेको ६ बुदे माग पत्रको सम्बन्धमा चैत्र ३ गते ध्यानाकर्षण पत्र बुझाएको छ !

ध्यानाकर्षण पत्रमा सामूहिक सोद्धवाजीको विवाद तत्काल हल नगरेमा श्रम कानुनले गरेको व्यवस्थाका अधारमा अगाडी बढ्न बाध्य हुने उल्लेख गरेको छ । 

नेस्वहोमयु लगायत अन्य २ वटा युनियनको चैत्र ३ गते बसेको संयुक्त बैठकले २१ दिन भित्र मागलाई सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय भएको श्रमिक खबरलाई जानकारी दिएको छ ।


यातायात मियांपाटन इकाई अध्यक्षमा ज्ञान बहादुर गुरुङ

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा फागुण ४ गते सम्पन्न कास्की जिल्लाको मियांपाटन इकाई भेलाले ज्ञान बहादुर गुरुङको अध्यक्षतामा  ९ सदस्य कमिटी चयन गरेको छ ।

संगठनका प्रतिनिधि परिषद उप–प्रमुख कर्ण सिं गुरुङको प्रमुख अतिथ्यतामा, केन्द्रिय उपमहासचिव एवं गण्डकी प्रदेश इन्चार्ज बिष्णु बहादुर पराजुली ,गण्डकी प्रदेश अध्यक्ष बिष्णु खत्रीको अतिथी रहनु भएको सो भेलाले ४ सदस्य सल्हाकार समेत चयन गरेको छ ।
 

प्याब्स्यु कास्की जिल्ला अध्यक्षमा विजय राज अधिकारी चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध निजी तथा आवासीय विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्स्यु) कास्की जिल्लाको चैत्र २ गते सम्पन्न चौथो जिल्ला अधिवेशनले विजय राज अधिकारीको अध्यक्षतामा १० सदस्यीय कमिटी चयन गरेको छ । 

प्याब्सु केन्द्रीय अध्यक्ष शिवलाल उपाध्यायको प्रमुख आतिथ्तामा सम्पन्न सो अधिवेशनमा जिफन्ट  गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री, प्याब्सु प्रतिनिधि परीषद प्रमुख माधब पौडेल लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अधिवेशनको पुर्व सन्ध्या फागुन १ गते अधिवेशन प्रचार प्रसारका लागि मोटरसाइकल र्यालीले  पोखरा महानगरको परिक्रमा गरेको थियो । 
 

समग्र उद्योग ट्रेड युनियन, नेपालद्वारा प्रतिष्ठानहरूको अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) डाबर नेपाल ग्रिन हाउस प्रालिको चैत्र २ गते काभ्रे जिल्लाको बनेपामा सम्पन्न ८ औ अधिवेशनले पवित्रा खत्रीको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

त्यसै गरी रोयल काठमाडौँ हिमालय बेवरेज प्रा लिको तेस्रो अधिवेशनले  गीता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको छ ।

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख अतिथ्यतामा भएको अधिवेशनमा ह्वीन उपमहासचिव अर्जुन चौलागाईले निर्वाचित कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । 

त्यसैगरी मकवानपुर जिल्लाको हेटौडा रहेको ग्वाविनेट इन्भारोमेन्ट सोलुसन प्रा.ली को प्रथम अधिवेशनले बाबुलाल नेगीको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

त्यसैगरी समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) सी.जी. फुड्स ईकाइ कमिटीको चैत्र २ गते  बर्दियामा सम्पन्न  तेस्रो अधिवेशनले मोहनलाल बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
 

अन्तर्राष्ट्रिय जन अदालत नेपालमा सुरु

अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) र विश्व बैङ्क (World Bank) विरुद्ध अन्तर्राष्ट्रिय जन अदालत (International Peoples Tribunal) (IPT) 2025, चैत्र १ गते देखी नेपालमा सुरु भएको छ ।

काठमाण्डौको शान्ति बाटिकामा सार्वजनिक पत्रकार सम्मेलनको आयोजना गरी सुरुबाट गरेको सो पत्रकार सम्मेलन पश्चात् र्याली सहित दरबार मार्ग पुगी कोण सभामा परिणत भएको थियो ।

कोणसभामा जिफन्ट उपाध्यक्ष तथा FIA नेपालका संयोजक सीता लामाले अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैङ्कले बितिए स्थिरता सुरक्षित गर्ने नाममा प्रदान गर्ने अनुदानहरूको नाममा हाम्रो देशको नीतिहरूलाई निगरानी गर्ने गरेको बताउनु हुदै उद्योगहरूलाई निजीकरण गर्न प्रेरित गर्ने समेत बताउनु भयो ।

उपाध्यक्ष लामाले IMF र विश्व बैङ्कको यी जनबिरोधि क्रियाकलापको विरुद्ध श्रमजीवीहरू एक भएर लाग्न अनुरोध पनि गर्नु भयो । 
 

थप फोटोकोलागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122144502092435116&type=3