राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) को १७ औँ स्थापना दिवस चैत्र ७ गते जिफन्ट सभाहलमा मनाएको छ ।
नाबुन केन्द्रीय संयोजक पम्फा पहारी देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले युनियनको स्थापना दिवसको अवसरमा समस्त सौन्दर्यकर्मीहरूलाई सुदृढ र गतिशील युनियन निर्माण गर्दै सामाजिक सुरक्षा र मर्यादित कामका लागि समर्पित हुने अपेक्षा सहित स्थापना दिवसको शुभकामना ब्यक्त गर्नु भएको छ ।
नाबुन केन्द्रीय संयोजक पम्फा पहारी देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष सीता लामा, महासचिब लक्ष्मण शर्मा र जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट क्यूपेक नेपाल अध्यक्ष शान्ता बस्नेतले मन्तब्य राख्नु भएको थियो ।
त्यसैगरी कास्की जिल्लाको पोखरामा, पर्वत जिल्लाको गोर्खामा, चितवन जिल्लाको भरतपुरमा, सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा, उदयपुर जिल्लाको त्रियुगा नगर पालिकामा र सुनसरी जिल्लाको धरान र इटहरीमा पनि स्थापना दिवस मनाएको नाबुन सचिव सुजना जोशीले जानकारी दिनु भएको छ ।
थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?vanity=gefontmoments&set=a.122145078158435116