नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा भदौ ९ गते भक्तपुर जिल्लाको सुर्यबिनायक नगर पालिकामा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि कार्यस्थलमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न गरेको छ ।
जिफन्ट नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली र जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले सहजिकरण गर्नु भएको कार्यक्रममा नेपाल सफाई कर्मचारी युनियनका पुर्ब अध्यक्ष मदन देउलाले सफाइ क्षेत्रको कामलाइ मर्यादित बनाउन यस क्षेत्रका श्रमिकहरू सचेत र संगठीत हुनु पर्नेमा जोड दिनु भएको थियो ।