नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनिट्राभद्वारा नेपाल पर्वतारोहण संघ (एनएमए) मा बिजयी युनिट्राभ सदस्यहरुलाई भाद्र ९ गते बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नव निर्वाचित एनएमएका प्रथम उपाध्यक्ष मिङ्मा ग्यार्बु शेर्पा, बुक होल्डर सदस्य जेनजेन लामा र सन्देश शेर्पालाई बधाई तथा शुभकामना दिनु हुंदै श्रमिक तथा आरोहीहरूका हक र हितको पक्षमा निडर भइ लाग्न आग्रह गर्नु भयो ।
युनिट्राभ केन्द्रीय अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा भएको बधाइ तथा शुभकामना कार्यक्रममा एनएमएका प्रथम उपाध्यक्षमा निर्वाचित मिङ्मा ग्यार्बु शेर्पा र बुक होल्डर सदस्यमा निर्वाचित जेनजेन लामा र सन्देश शेर्पाले यस क्षेत्रमा रहेका समस्याहरूलाइ समाधान गर्दै श्रमिक तथा आरोहीहरूको अधिकार, दिगो र सुरक्षित पर्यटनको लागि काम गर्ने प्रतिवद्धता जनाउनु भएको कार्यक्रमको संचालन युनिट्राभ महासचिब राम बहादुर श्रेष्ठले गर्नु भएको थियो ।