सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले कार्तिक १५ गते बदलियको राजनैतीक परिवेशमा श्रमिक सम्बाद कार्यक्रम जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा काठमाण्डोमा सम्पन्न भएको छ ।
अध्यक्ष श्रेष्ठले बदलियको राजनीतिको सन्दर्भमा यस्ले पारेको प्रभाब र यो परिबेशमा ट्रेड युनियन आन्दोलनको भुमिका बारेमा मन्तब्य राख्नु भएको थियो ।

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले सम्बाद कार्यक्रमको महत्वको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा, जिफन्ट पदाधिकारीहरू धटक युनियनका नेताहरूको सहभागिता रहेको थियो ।

सहभागी २३ जना प्रतिनिधिहरूले जिज्ञासा राख्नु भएको सम्बाद कार्यक्रमको संचालन जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले गर्नु भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा कार्तिक १४ गते ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रावीधिक तालिम सम्पन्न गरेको छ ।
किर्तिपुर नगरपालिकामा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरू सहभागि रहेको तालिम कार्यक्रममा पूर्व वडा अध्यक्ष हर्ष महर्जनले फोहर ब्यवस्थापनमा देखिएका समस्या र श्रमिकहरूको सुरक्षाका बारेमा र
कार्यक्रम संयोजक शंकर घिमिरेले ब्यवसायजन्य रोग र सुरक्षा उपाएका बारेमा तालिम दिनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट केन्द्रीय कार्यालले स्वर्गिय कमरेड कमल गौतम प्रती कार्तिक १४ गते श्रध्दाञ्जली कार्यक्रम अयोजना गरेको छ ।

बिक्रम संम्बत २०१९ मंसिर १४ गते जन्मनु भइ बिगत ३ दशक देखि युनियन आन्दोलनमा समर्पित जिफन्ट उपाध्यक्ष गौतले यूनियन आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नु हुदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रम अन्दोलनको क्रममा देहावसान हुन भएका स्व गौतमका सपनालाइ साकार पार्न शोकलाइ शक्तिमा बदलेर हामी सबैले लगनशिल भएर काम गर्नु पर्ने बताउनु हुंदै

कमरेड गौतम प्रती भावपुर्ण श्रद्धाञ्जली साथै शोक सन्तप्त परीवारजनमा हार्दिक समवेदना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122174521574435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष कमरेड कमल गौतमको आज लुम्बिनी प्रदेश रुपन्देहीमा विद्युत कटौतीका कारण श्रमिकहरूको रोजगारी संकटमा परेको विषयमा भएको विरोध कार्यक्रममा संबोधन गर्दागर्दै हृदयाघातको कारणले निधन भएको छ ।
जिफन्ट केन्द्रीय कार्यालयले शोक बिज्ञप्ती निकाली गत ४ दशकदेखि नेपाली वामपन्थी तथा श्रमिक आन्दोलनमा निरन्तर योगदान गर्दै आउनु भएका कमरेड गौतमको निधनले अपुरणीय क्षती भएको बताएको छ ।
बिज्ञप्ति मार्फत दिवंगत नेताको देहवसान प्रति हार्दिक श्रद्धाञ्जली र शोक संतप्त परिवारजन, इष्टमित्र, सहकर्मी कमरेडहरूमा हार्दिक समवेदना प्रकट गरेको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आवद्ध रास्ट्रीय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन)को कार्तिक १३ गते सम्पन्न पाचौं अधिबेशनले सुजना जोशीको अध्यक्षतामा नया कमिटी निर्वाचित गरेको छ ।
पम्फा पहाडी देवकोटाको अध्यक्षतामा भएको अधिवेशनको उद्धाटन गर्नु हुंदै प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले यस क्षेत्रलाइ मर्यादित बनाउन युनियनले खेल्नु पर्ने भुमिका र बर्तमान अवस्थामा बदलियको राजनितिले ट्रेड युनियन अन्दोलनमा परेको असर र युनियनले खेल्नु पर्ने भुमिकाका बारेमा चर्चा गर्नु भएको थियो

जिफन्ट महासचिब लक्ष्मण शर्माको नेतृत्वमा गठन भएको अध्यक्ष मण्डलले संचालन गरेको बन्द शत्रमा पम्फा पहारी देकोटाले पेश गर्नु भएको बिधान संशोधन प्रस्ताब, सुजना जोशीले पेश गर्नु भएको संगठानिक प्रतिवेदन तथा अर्थिक प्रतिवेदन सर्वसम्मत पारीत गरेको छ ।
त्यसैगरी जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ प्रमुख रहनु भएको निर्वाचन मण्डलबाट निर्वाचित कमिटीलाइ उपाध्यक्ष श्रेष्ठले बधाइ तथा प्रमाण पत्र प्रदान गरेको थियो भने ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122174303054435116&type=3
व्यापारिक विद्युत विवादको कारण विभिन्न उद्योगहरु अनिश्चितकाल बन्द हुंदा हजारों श्रमिकहरुको रोजगारी संकटमा परेको सन्दर्भमा जिफन्ट अवद्ध समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) र जुट, गार्मेन्ट, कार्पेट, टेक्सटायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु) को गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्तिक १२ गते छुट्टाछुट्टै प्रेश बिज्ञप्ती जारी गरेको छ ।
बिज्ञप्तीमा उद्योगहरुमा विद्युत आपूर्ती र महसुलको बारेमा वर्षौदेखि भएका विवाद प्रति श्रमिकहरुको कुनै आग्रह नभएको तर, यसरी श्रमिकहरूको रोजगारी संकटमा पर्नु सहन सक्ने विषय नभएकोले तत्काल सहमतिपूर्ण निकास निकालेर परिस्थिति सामान्यिकरण गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
