सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)द्वारा ओमनबाट २ पिडित नेपाली श्रमिकको उद्धार गरेको छ ।
बैदेशिक रोजगारीका लागी करीव २२ दिन अगाडी प्रतिब्यक्ति २ लाख ६० हजार एजेन्ट गोबिन्द बि.क लाइ बुझाइ ओमन पुगेका रोल्पा जिल्लाको रोल्पा नगरपलिका ३ की २९ वर्षिय श्रीजना कुंवर र चितवन जिल्ला माडी गाउपालिका ११ का ३० वर्षिय लक्ष्मण बि.क लाइ एजेन्टले सुपरमार्केटको काममा भनि पठाएको थियो ।
तर ओमन पुगेपछि भिजिट भिषामा पठाएको थाह पाएपछि पिडितले नेपाल फकाई दिन जिफन्टमा निवेदन दिनु भएको थियो ।
जिफन्ट प्रवासी डेक्सले एजेन्टलाई सम्पर्क गरी पिडितलाई गत बैसाख १६ गते नेपाल फर्काएको जिफन्ट प्रवासी डेस्कबाट जनक बि.कले श्रमिक खबरलाई जानकारी दिनु भएको हो ।
नेपाली उद्योग परिसंघ (CNI) ले बैसाख १८ गते संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसीसिको नेतृत्वलाइ बधाइ तथा शुभकामना कार्यक्रम अयोजना गरेको छ ।

कार्यक्रममा जिफन्ट तथा जेटियुसीसी अध्यक्ष बिनोद श्रेष्ठले सिएनआइले श्रमिक युनियन र उधोग ब्यवसायी बिच भावनात्मक सम्बन्ध बिकासकालागी कार्यक्रम राख्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु हुंदै मे दिवसको शुभकामना पनि दिनु भयो ।
ट्रेड युनियन केवल नाराबाजी र बिरोध मात्र गर्ने संस्थाको भएको भास्य निर्माण गर्ने खोजेको भन्नु हुदै अध्यक्ष श्रेष्ठले हाम्रो सन्देश टकराव होइन, साझेदारी हो: संवाद- सहकार्य- र सहअस्तित्व हो तसर्थ उद्योग चलोस्, रोजगारी बढोस्, श्रमिक सुरक्षित होऊन्, नाफाको बितरण न्यायपूर्ण होस्, वातावरण सुरक्षित र संरक्षित बनोस् र राष्ट्र समृद्ध बनोस् यही हाम्रो साझा लक्ष भएको बताउनु भयो ।
कार्यक्रममा सिएनआइ अध्यक्ष बिरेन्द्र राज पाण्डेले जेटियुसीसिको नेतृत्वलाइ बधाइ तथा शुभकामना दिनु हुंदै श्रमिक र रोजगारदाताको सहकार्यले असर औधोगिक सम्बन्ध कायम गर्न सकिने बताउनु भएको थियो ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) महासचिव लुक ट्रयङ्गलले वैशाख १७ गते प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र मार्फत निजामती ऎन (२०४९) को संशोधन गरि ट्रेड युनियनको प्रावधान हटाउनु श्रमिकको सामुहिक सौदाबाजी र संगठन स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताएका छ ।
सरकारले निजामती कर्मचारीलाई ट्रेड युनियन गठन गर्ने अधिकारसम्बन्धी व्यवस्था हटाउने वा गतिविधिमा संलग्न कर्मचारीलाई भविष्यमा सरकारी सेवाबाट वञ्चित गर्नेसम्मको प्रावधानले श्रमिकहरूको स्वतन्त्र रूपमा संगठन बनाउने, त्यसमा आवद्ध हुने र सामूहिक सौदाबाजी गर्ने अधिकारमा प्रत्यक्ष हस्तक्षेप भएको आईटीयूसीको पत्रमा जनाएको छ ।
आईटीयूसीले नेपाल आईएलओको सदस्य राष्ट्र भएकाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धि नं. ८७ (संघ स्वतन्त्रता) र नं. ९८ (सामूहिक सौदाबाजी अधिकार) सँग बाझिने उल्लेख गर्दै ती महासन्धिहरू कार्यान्वयन गर्ने दायित्व सरकारको रहेको पत्रमा उल्लेख गर्दै ट्रेड युनियनहरूसँग परामर्श संवादमार्फत समाधान खोज्न समेत आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे २०८३) को सन्दर्भमा देशभित्र तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमिकहरूमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) हार्दिक शुभकामना व्यक्त गर्दछ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)द्वारा बैसाख १८ गते अच्युतराज तिमल्सिनाको संयोजकत्वमा सह–संयोजक गमबहादुर आले र सचिवमा रोहित चौधरी रहनु भएको बहराइन जिफन्ट सहयोग समुह (जिएसजी) गठन गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मे दिवसको अवसरमा गठन भएको कमिटिलाइ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ र बिदेश बिभाग चिब स्मृती लामाले भर्चुअल माध्यामबाट बधाइ तथा शुभकामना दिनु भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)द्वारा बैसाख १६ गते देखी देशभरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मे डे २०८३ को सन्दर्भमा शुभकामना सहित श्रमिक अधिकारको सचेतना पर्चा बितरण थालेको छ ।
देशका बिभिन्न कार्यस्थलहरूमा बैसाख १६ र १७ गते १० लाख भन्दा बढी बितरण गरेको पर्चामा काममा रहेका श्रमिकहरूको अधिकार,योगदानमा आधारीत सामाजिक सुरक्षा,सुरक्षित बैदेशिक रोजगार,उधोगी र श्रमिक बिचकोको सम्बन्ध,युवा श्रमिकलाइ सन्देश र जिफन्टले श्रम क्षेत्रमा उठाएका १० प्रमुख मुद्भाहरू समेटीयको छ ।
