श्रमिकको सामुहिक सौदाबाजी र संगठन स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेपःआईटीयूसी

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ  (आईटीयूसी) महासचिव लुक ट्रयङ्गलले वैशाख १७ गते प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र मार्फत निजामती ऎन (२०४९) को संशोधन गरि  ट्रेड युनियनको प्रावधान हटाउनु श्रमिकको सामुहिक सौदाबाजी र  संगठन स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताएका छ ।

सरकारले निजामती कर्मचारीलाई ट्रेड युनियन गठन गर्ने अधिकारसम्बन्धी व्यवस्था हटाउने वा गतिविधिमा संलग्न कर्मचारीलाई भविष्यमा सरकारी सेवाबाट वञ्चित गर्नेसम्मको प्रावधानले श्रमिकहरूको स्वतन्त्र रूपमा संगठन बनाउने, त्यसमा आवद्ध हुने र सामूहिक सौदाबाजी गर्ने अधिकारमा प्रत्यक्ष हस्तक्षेप भएको आईटीयूसीको पत्रमा जनाएको  छ ।

आईटीयूसीले नेपाल आईएलओको सदस्य राष्ट्र भएकाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धि नं. ८७ (संघ स्वतन्त्रता) र नं. ९८ (सामूहिक सौदाबाजी अधिकार) सँग बाझिने उल्लेख गर्दै  ती महासन्धिहरू कार्यान्वयन गर्ने दायित्व सरकारको रहेको पत्रमा उल्लेख गर्दै ट्रेड युनियनहरूसँग परामर्श संवादमार्फत समाधान खोज्न समेत आग्रह गरेको छ।