गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

बैदेशिक रोजगारमा रहेका नेपालीलाई काम गर्ने वातावरण देउः जिफन्ट

काठमाडौं 
नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले लेवननमा पक्राउ गरिएकी रोजीमाया लिम्वूको विनाशर्त अविलम्व रिहाई गर्न लेवनन सरकारसँग आग्रह गरेको छ । अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको शुभकामना सहित जिफन्टको विदेश विभागद्धारा जारी विज्ञप्तीमा लिम्वूलाई अविलम्व रिहा गर्न आग्रह गरिएको हो । 

लिम्वूलाई लेवननमा गत हप्ता पक्राउ गरिएको छ । उनलाई रोजगारदाताद्धारा हिंसामा परेकी एक घरेलु कामदारको उद्धारमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको हो । सोही अभियोगमा पक्राउ परेकी सुजैन(सुशीला) रानालाई यसअघि नै पक्राउ गरी जवर्जस्ती नेपाल पठाइसकिएको छ । 

विज्ञप्तीमा बैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई मर्यादित कामको वातावरण बनाउन नेपाल सरकारसँग पनि आग्रह गरिएको छ । यसका लागि गन्तव्य मुलुकहरुसँग पारदर्शी ढंगको द्धिपक्षिय श्रम सम्झौता गर्न पनि माग गरिएको छ । 

जिफन्टले आप्रवासी कामदारलाई भेदभाव गर्ने गरिएको भन्दै स्थानीय कानूनद्धारा उनीहरुको संरक्षण गर्नुपर्ने माग गरेको छ । कामदारका लागि कम्तिमा न्यूनतम तलवको ग्यारेण्टी तथा सामाजिक सुरक्षा सहितको न्यूनतम सुविधा दिइनु पर्ने जिफन्टको माग रहेको छ । 

कुनै शुल्क नतिरी बैदेशिक रोजगारमा जान पाउनु कामदारको अधिकार भएको भन्दै विज्ञप्तीमा उनीहरुले आवश्यक पर्दा कुनै झण्झट विना कानूनी सहायता प्राप्त गर्ने अधिकार पाउनु पर्ने उल्लेख गरिएको छ । यसैगरी स्वदेश फर्किन चाहेको बखत विना कुनै रोकतोक फर्किन पाउनु पर्ने पनि विज्ञप्तीमा उल्लेख छ । यसैगरी कामदारलाई संगठित हुन पाउने अधिकार समेत दिइनु पर्ने जिफन्टको माग छ । 

ERROR

ERROR

 

जिफन्ट अध्यक्ष श्रेष्ठले अन्टुफ जिफन्ट एकता संयोजन समितिको प्रतिवद्धता तथा अवधारणा प्रस्तुत

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले अन्टुफ जिफन्ट एकता संयोजन समितिले काठमाण्डौमा आयोजनामा गरेको प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै दुई संगठनको साझा प्रतिवद्धता तथा अवधारणा पत्र प्रस्तुत गर्नुभयो । 

अन्टुफ जिफन्ट एकता संयोजन समिकिो अध्यक्ष समेत रहनु भएका श्रेष्ठले भिन्न परिस्थीति र परिवेशमा स्थापित दुई युनियन सहकार्यको यात्रा सुरु गरेको एक दशक पश्चात एकताको चरणमा आइपुगेको जानकारी गराउनुभयो । उहाँले श्रम ऐन, सामाजिक सुरक्षा ऐन निर्माणमा ट्रेड युनियनहरुको तर्फबाट राखिएका सुझाव र गरिएका प्रयत्नको बारेमा जानकारी गराउनुभयो । 

अध्यक्ष श्रेष्ठले न्यूनतम पारिश्रमिक बृद्धि गराउन तथा त्यसलाई लागु गराउन गरिएको प्रयत्नको पनि सो अवसरमा स्मरण गर्नुभयो । श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत बृद्धि भएको भन्दै उहाँले यो नेपालको ईतिहासमै पहिलो पटक भएको ठूलो उपलव्धी रहेको धारणा राख्नुभयो । 
 

अध्यक्ष श्रेष्ठले वर्गलाई केन्द्रमा राखेर जातीय, क्षेत्रीय र लैंगिक समावेशिकरण हुनु पर्ने आफूहरुको मान्यता रहेको स्पष्ट पार्नुभयो । सामाजिक समूहहरुको तर्फबाट प्रतिनिधित्व गर्दा वर्गिय प्रतिनिधित्व हुनु पर्ने अध्यक्ष श्रेष्ठले माग गर्नुभयो । 

नेपालमा वर्तमान कम्यूनिष्ट पार्टीको सरकार रहेको तर यसलाई कमजोर बनाउन विभिन्न हल्ला चलाइएको भन्दै अध्यक्ष श्रेष्ठले ति हल्लालाई चिर्न र परास्त गर्न मजदुरको कर्तव्य भएको धारणा राख्नुभयो । 

उहाँले एकता नै बल भएको भन्दै दुवै महासंघलाई कार्यस्थलमा कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभयो । भेलामा देशभरीबाट तीन हजार अगुवा श्रमिक सहभागि भएका थिए । यो दुई युनियनको एकता प्रकृया सुरु भएपछिको पहिलो ठूलो कार्यक्रम हो । 

दुई महासंघबीचको एकता प्रकृयाको टुँगो लगाउन जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा गणेश रेग्मी, रमेश बडाल, जय बहादुर कार्की, बिदुर कार्की, धन बहादुर विक, सोनालाल शाह मिना गुरुङ्ग, उषा देवकोटा, जगत सिंखडा, जनक चौधरी रहनु भएको ११ सदस्यीय अन्टुफ जिफन्ट केन्द्रीय एकता संयोजन समिति गठन गरेको छ । 

अन्टुफ जिफन्ट एकता संयोजन समितिको प्रतिवद्धता तथा अवधारणा संलग्न छ ।

नेपाल र मलेसियाबीच द्धिपक्षिय श्रम समझदारी जिफन्टद्धारा स्वागत

नेपाल र मलेसियाबीच कात्तिक १२, २०७५ मा लामो प्रतिक्षा पछि द्धिपक्षिय श्रम समझदारीमा हस्ताक्षर भएको छ । नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका महासचिब जनक चौधरीले एक प्रेश बिज्ञप्ती जारी गरी कामदार भर्ना, रोजगार र फिर्ता सम्वन्धि समझदारीमा दुई देशबीच सरकारी तवरमा सहमति हुनु अत्यन्त स्वागतयोग्य भएको बताउनु भएको छ ।

बिज्ञप्तीमा सो समझदारीले रोजगारीका लागि मलेसिया जान चाहने, रोजगारीका क्रममा रहेकाहरु र रोजगारी पश्चात स्वदेश फर्किन चाहने नेपाली श्रमिकको अधिकार रक्षामा महत्वपूर्ण सहयोग पुग्नेमा जिफन्टको विश्वस्त रहेको उल्लेख गरीएको छ  । 

समझदारीपत्रमा रोजगारीका लागि मलेसिया जाने श्रमिकले कुनै सेवा शुल्क तिर्नु नपर्ने, हवाईटिकट, भिसा, स्वास्थ्य परिक्षण लगायतको लागतखर्च रोजगारदाताले व्यहोर्नुपर्ने र लेभी लगायत समेत श्रमिकले तिर्नु नपर्ने व्यवस्था हुनु नेपाली श्रमिकका लागि खुशीको विषय हो । यसैगरी मलेसियामा रोजगारीका क्रममा रहँदा रोजगारदाताले शारिरीक वा मानसिक रुपमा दुव्र्यवहार गरेमा वा कम्पनी बन्द भएमा रोजगारी परिवर्तन गर्न पाउने विषय समेटिनुले गन्तव्य मुलुकमा मर्यादित रोजगारीको विषयलाई प्रोत्साहित गर्दछ । 

मलेसिया सरकारले तोकेको न्यूनतम तलवभन्दा कम ज्याला दिन नपाउने, बैंक मार्फत ज्याला भुक्तानी, दुई बर्षको करार अवधि सकेपछि वा बीचमै नजिकका आफन्तको मृत्यु भएको खण्डमा नेपाल फर्किनु पर्ने अवस्थामा सो व्यवस्था हुनु यस समझदारीका उल्लेखनिय पक्ष हुन् । 

लामो छलफल पश्चात वर्तमान सरकारले मलेसियाको सरकारसँग विभिन्न चरणमा छलफल गरी श्रम समझदारीका विषयबस्तुलाई उन्नत बनाउँदै गरिएको श्रम समझदारीको देशका झण्डै साढे चारलाख श्रमिक सदस्य रहेको नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) हार्दिक स्वागत गर्दछ । यसैगरी सो समझदारीको प्रभावकारी कार्यान्वयनका लागि दुवै मुलुकमा आवश्यक संयन्त्र निर्माण हुने र रोजगारीका लागि मलेसिया जान चाहने नेपाली नागरिकको अधिकार रक्षा हुनेमा हामी अपेक्षा समेत गरेको छ । 
प्रेश बिज्ञप्ती संलग्न छ ।

आप्रवासी श्रमिकको संरक्षण र सुरक्षा गरः जिफन्ट

काठमाडौं, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले कोभिड–१९ को महामारीको विषम परिस्थितिमा प्रवासी श्रमिकहरुको संरक्षण तथा सुरक्षाको आवश्यकता झन धेरै बढेको बताएको छ । रोजगारदाता र सरकारसँग सवै श्रमिकहरुको हकहितको रक्षा गर्न पनि जिफन्टले अनुरोध गरेको छ ।

अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवस (डिसेम्वर १८) को सन्दर्भमा जिफन्टका महासचिव जनक चौधरीले एक विज्ञप्ती प्रकाशित गर्दै कोभिड–१९ को बहानामा कसैलाई पनि पारिश्रमिक र रोजगारीबाट वञ्चित गरिनु नहुने धारणा राख्नुभएको छ ।

डिसेम्वर १८ संसारभरका प्रवासी श्रमिकहरुले भोगेका पीडा र आवश्यकतालाई समाज, रोजगारदाता र सरकारसम्म पुर्याउने महत्वपूर्ण दिन भन्दै जिफन्टले विभेदरहीत श्रम र सीपको मूल्य र मर्यादामा कसैले पनि विभेद गर्न नहुने धारणा राखेको छ ।

विज्ञप्तीमा जुन देशमा श्रमिकले काम गर्दछन्, सोही मुलुकको कानुन अनुसार संरक्षण र सुविधाको सुनिश्चितता हुनुपर्नेमा जोड दिइएको छ ।

महासंघले प्रवासी श्रमिक दिवसको अवसरमा सवै श्रमिकहरुमा ऐक्यवद्दता सहित शुभकामना दिएको छ ।

यातायात, अटो मेकानिक्स र सुरक्षा क्षेत्रका यूनियनलाइ प्रशिक्षण

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सम्बद्ध यूनियनहरू यातायात, अटो मेकानिक्स र सुरक्षा क्षेत्रका ३ वटा यूनियनका केन्द्रिय सदस्यहरूलाइ जिफन्ट नियमित ट्रेड युनियन स्कुलमा प्रशिक्षण सम्पन्न भयो ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले भदो २९ गते शुभारम्भ गर्नु भएको ३० औं ब्याचको प्रशिक्षण कार्यक्रमको भाद्र ३१ गते सहभागिताको प्रमाण पत्र बितरण गरी सम्पन्न भएको छ ।

 

३ दिन सम्म संचालन भएको प्रशिक्षण कार्यक्रममा सहभागिहरूलाइ प्रमाण पत्र बितरण गर्नुहुदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले फरक फरक कामको प्रकृती रहेको ३ वटा ट्रेड यूनियनलाइ जिफन्टले संचालन गरेको प्रशिक्षण कार्यक्रमले आ–आफ्नो क्षेत्रमा संगठन बिस्तार र बिकासकालागी कोसेढुङगा साबित हुने बताउदै सबैलाइ शुभकामना सहित बदाइ दिनु भयो ।

प्रशिक्षण कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष बिदुर कार्कीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय ट्रेड यूनियन अन्दोलन, समाजवाद र श्रम कानुन बिषयमा जिफन्ट उपाध्यक्ष जनक चोधरीले, जिफन्टको आठौं महाधिवेशनले पारित नीति तथा कार्यक्रमको बारेमा महासचिब लक्ष्मण शर्माले र प्रचार तथा प्रकाशन बिभागका सचिब महेन्द्रलाल श्रेष्ठले सुचना अभिलेखिकरण सम्बन्धी बिषयमा प्रशिक्षण दिनु भएको थियो ।