गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

जिफन्टले देशभर अन्तराष्ट्रिय श्रमिक दिवस भब्य रूपमा मनायो

अन्तराष्ट्रिय श्रमिक दिवस मे डे २०२४ को सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले देशभर ५० भन्दा बढी स्थानमा बिभिन्न कार्यक्रमको अयोजना गरी मनाएको छ ।

काठमाण्डो र पोखरामा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसिको अयोजनामा संयुक्त रूपमा श्रमिक र्याली तथा सभाको अयोजना गरी मनाएको हो । 

जिफन्टले पुतलीसडक केन्द्रीय कार्यालयबाट निकालेको श्रमिक र्यालीले नगर परीक्रमा गरी भृकुतीमण्डमा पुगी सभामा परीणत भएको थियो । 

सभामा प्रधानमन्त्री पुकपकमल दाहाल, शेरबहादुर देउवा, शंकर पोखरेल, कमल थापा,  लगाएतका नेताहरूले मे दिवशको शुभकामना मन्तब्य राख्नु भएको श्रमिक सभामा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्वागत गर्नु गर्नु भएको थियो ।

त्यसैगरी गण्डकी प्रदेशको पोखरामा पृथ्वीचोकबाट निस्केको श्रमिक र्यालीले नगर परिक्रमा गर्दै सिर्जना चोक स्थीत साइमन पार्टी प्यालेसमा सभा भएको थियो 

सभामा गण्डकी प्रदेश मुख्य मन्त्री खगराज अधिकारीले उदघाटन गर्नु हुदै श्रम अन्दोलन र सरकार संचालन एक अपसमा परीपुरक रहेको भन्नु हुदै राज्यले श्रमिकलाइ उपेक्षा गरेर अगडी बढ्न नहुने बताउनु भयो 

कार्यक्रममा नेकपा एमाले, माअवादी र नेपाली कांग्रस नेताहरूले शुभकामना राख्नु भएको सभामा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले नया सामाजिक न्याय र मर्यादित कामकालगी ट्रेड युनियनको भुमिकाको बारेमा मन्तब्य राख्नु भएको थियो । 

त्यसैगरी मे दिवस २०८१को सन्दर्भमा जिफण्ट कोशी प्रदेशमा मोरङ जिल्लाको बिराटनगर, सुनसरी जिल्लाको धरान, उदयपुर जनिल्लाको गाइधाट र कटारी संखुवासधा र धनकुटामा जिफन्टले मेदिवस सम्पन्न गरेको छ । 

जिफन्ट प्रदेश अध्यक्ष किशोर धमलाको अध्यक्षतामा बिराटनगरमा सम्पन्न श्रमिक सभा जिफन्ट महासचिव लक्ष्मण शर्माको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो 

सभामा  ने क पा एमाले कोशी प्रदेश अध्यक्ष मा. घनश्याम खतिवडा लगाएतका बिभिन्न संध संस्थाका प्रतिनिधीहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

त्यसैगरी जिफन्ट मधेश प्रदेशको अयोजनामा जनकपुर, सिराहा, सप्तरी, सर्लाही र सिमरामा श्रमिक दिवस सम्पन्न गरेको छ ।

प्रदेश अध्यक्ष कमलेश झाको अध्यक्षतामा नेकपा एमाले सचिब योगेश भट्टराइको प्रमुख अतिथ्यमा सिमरामा सम्पन्न श्रमिक सभा सम्पन्न भयो ।

सभामा जिफन्ट उपाध्यक्ष मन्जु थापा, सचिब तारानीधी पन्त लगाएतका नेताहरूले मे दिवसको शुभकामना दिनु भएको थियो । 

बागमती प्रदेशको धादिङ जिल्लाको धादिङबेशी र खानिखोलामा, दोलखा,, चितवन, हेटैडा, काभ्र, लगाएतका स्थानमा मे दिवस सम्पन्न भएको छ 

मकवानपुर जिल्लाको हेटोडामा श्रमिक र्याली पछी प्रदेश उपाध्यक्ष अर्जुन अर्यालको अध्यक्षतामा सम्पन्न सभाको प्रमुअ अतिथी नेकपा एमाले पोलिटब्यरो सदस्य देवी ज्ञवाली हुनुहशुन्थये भने जिफन्ट उपाध्यक्ष मन्जु थापा, बागमती प्रदेश खानेपानी तथा सिंचाइ मन्त्री एकलाल श्रेष्ठ लगाएतका अतिथीहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

त्यसैगरी गण्डकी प्रदेशमा पोखरा, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा, नवलपुर जिल्लाको देवचुली, गैडाकोट, र मध्येबिन्दुमा र तनहु जिल्लाको दमोली, भिमाड र देउधाटमा मे दिवस सम्पन्न भएको छ । 

लुम्बीनी प्रदेशको बुटवल, बांके, बर्दिया, पाल्पा, अर्धाखांची, दाङ, कपिलवस्तु र नवलपरासीमा जिफन्टले मे दिवस मनायो 

जिफन्ट उपाध्यक्ष कमल गोतमको प्रमुख अतिथ्यमा रूपन्देहीको बुटवलमा श्रमिक र्याली पस्चात सम्पन्न श्रमिक सभामा बुटवल उपमहानगर पालिकालका उपमेयर साबित्रा देवी अर्याल, तिलोतमा नगर पालीका उपमेयर जागेश्वरी चोधरी र सैनामैना नगर पालिकाका उपमेयर बिना राना लगाउतका अतिथीहरूले शुभकामना दिनु भएको थियो । 

त्यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा जिफन्टले अयोजना गरेको श्रमिक र्यालीले बिरेन्द्रनगर नगर परीतक्रमा पस्चात सम्पन्न श्रमिक सभाको अध्यक्षता जिफन्ट कर्णाली प्रदेश कार्यबाहाक अध्यक्ष राधा श्रेष्ठले गर्नु भएको थियो 

जिफन्ट शिक्षा बिभाग सचिब हरी बहादुर कार्कीकत्र प्रमुख अतिथ्यमा सम्पन्न सो सभामा नेकपा एमाले जिल्ला अध्यक्ष मणी देबकोटा, जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्दा धामी लगाएतका नेताहरूले मे दिवसको शुभकामना दिनु भएको थियो । 

त्यसैगरी सुदुर पस्चिम प्रदेशमा जिफन्ले कैलाली जिल्लाको धनगढी, गैरीगंगा नगरपालिका र कञ्चनपुरमा मे दिवस सम्पन्न गरेको छ  ।

धनगढीमा श्रमिक र्याली पछी जिफन्ट प्रदेश अध्यक्ष जित मल्लाको अध्यक्षतामा नेकपा एमाले प्रदेश सचिब रण बहादुर चन्दको प्रमुख अतिथ्यतामा श्रमिक सभा सम्पन्न भयो ।

सभामा जिफन्ट सहकारी प्रवर्धन बोर्डका संयोजक देब बहादुर बम, नेकपा उमाले कैलाली जिल्ला अध्यक्ष यज्ञ प्रसाद ढुङगाना लगाएतका नेताहरूले अन्तराष्ट्रिय श्रमिक दिवस २०८१को उपलक्षमा शुभकामना दिनु भएको थियो । 

 

 

 

नेस्वहोमयु होटल पोखरा ग्राण्डको विशेष अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)सँग आवद्ध नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु) होटल पोखरा ग्राण्डको माघ २३ गते सम्पन्न विशेष अधिवेशनले यमप्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

नेस्वहोमयुका केन्द्रीय अध्यक्ष तिवारीले पर्यटन क्षेत्रमा क्रियाशील युनियन होटलको एकमात्र आधिकारिक ट्रेड युनियन भएको बताउनु हुंदै युनियन सामूहिक र संस्थागत रुपमा चल्ने जीवन्त संस्था भएकोले कुनै व्यक्तिको लहडमा युनियन नचल्ने बताउनु भयो ।

अध्यक्ष तिवारीले युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका पोखरा ग्रान्डका अध्यक्ष मनमोहन गायकलाइ युनियन बिरोधि गतिबिधीमा संलग्न भएको कारण साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको बताउनु भयो । 

जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले सीमित व्यक्ति पलायन हुँदैमा निरन्तर र जीवन्त चल्ने युनियनलाई असर नपर्ने भन्दै एकताबद्ध, संगठित र संयमित भएर श्रमिकको हक हितमा निरन्तर रुपमा काम गर्नु पर्नेमा जोड दिनु भयो । 

नेस्वहोमयुका केन्द्रीय सचिव बद्रीकुमार भण्डारीले विगत १८ वर्षदेखि एकछत्र रुपमा आधिकारिक ट्रेड यूनियनको रुपमा स्थापित नेस्वहोमयू श्रमिकका सबै समस्या हल गर्ने क्रियाशिल रहेको बताए ।

विशेष अधिवेशनको उद्घाटन समारोहमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य पम्फा पहारी, जिफन्ट प्रदेश कमिटी सदस्य बद्रिनाथ सुवेदी, नेस्वहोमयुका केन्द्रीय सदस्य केशवप्रसाद सापकोटा, यूनियन होटल पोखरा ग्रान्डका उपाध्यक्ष नीता मैनाली, सचिव रामचन्द्र आचार्य लगायतले पर्यटन क्षेत्रका श्रमिकका बारेमा मन्तब्य राख्नु भएको थियो । 

जिफन्ट बागमती प्रदेश योजना कार्यशाला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश कार्यशाला तथा योजना बैठक रामहरि नेपालको अध्यक्षतामा माघ २० गते काठमाडौँको भृकुटीमण्डप स्थित पर्यटन बोर्डको सभाहलमा सम्पन्न भयो ।

कार्यशालामा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपालको ट्रेड युनियन आन्दोलनको इतिहासलाई स्मरण गर्नुहुँदै २००३ सालमा सुरू भएको आन्दोलन आज तेस्रो पुस्तासम्म आइपुग्दा थुप्रै राजनैतिक परिवर्तन लगायत श्रम क्षेत्रमा परिवर्तन गर्न सफल भएता पनि श्रमिकको जीवनमा भने परिवर्तनको महशूस गर्न सक्ने अवस्था नभएको बताउनु हुँदै श्रम बजारमा कसरी आन्दोलनलाई अगाडी बढाउने भन्ने अबको हाम्रो प्रमुख मुद्दा हुनु पर्नेमा जोड दिनु हुँदै कार्यशालाले ठोस योजना निर्माण गर्ने विश्वास व्यक्त गर्नु भयो ।

अध्यक्ष श्रेष्ठले नेपालको ट्रेड युनियन आन्दोलनको तेस्रो पुस्ताले नेतृत्व गरिरहँदा विगतको आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जिफन्टको आठौँ महाधिवेशनले तय गरेका कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु हुँदै जिफन्टले २० प्रतिशत सदस्यता वृद्धि, योगदानमा अधारित सामाजिक सुरक्षामा २० लाख श्रमिकलाई आवद्ध गर्ने, तालिमेलाई तलब आदि जिफन्टको लक्ष्य पूरा गर्न सबै नेता तथा कार्यकर्ताहरूको सक्रिय भूमिका हुनु पर्ने बताउनु भयो । 

कार्यशालाले आफ्नो कमी र उपलब्धीहरूको मसिनो ढङ्गले पहिचान गरी बागमती प्रदेशका १३ जिल्लाका ११९ पालिकामा श्रमिकहरूको भरोसायोग्य सङ्गठन निर्माण गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले कार्यशालाबाट निस्केका निस्कर्षलाई योजनावद्ध तरिकाले कार्यानवयनमा लान निर्देशन पनि दिनु भयो ।

कार्यशालामा जिफन्ट उपाध्यक्ष तथा महिला कमिटी अध्यक्ष सिता लामाले कार्यशालामा गर्नु पर्ने १० वटा विषयमा प्रकाश पार्नु भएको सो कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्माले महासंघले तयार पारेको योजना कति लागू भए र कति गर्न बाँकी छ मूल्याङ्कन गर्दै थप योजना तर्जुमा गर्न आवश्यक रहेको बताउनु भयो । 

बागमती प्रदेशका १३ जिल्लाका १२० जना नेताहरू ७ समूहमा विभाजन गरी छलफलद्वारा तयार गरिएको योजना कार्यशालामा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, जितेन्द्र श्रेष्ठ, सिता लामा, महासचिव लक्ष्मण शर्मा उपमहासचिव नरनाथ लुइटेल, महेन्द्रलाल श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।

कार्यशालामा समूह छलफलबाट प्रस्तुत गरिएका विषयलाई माघ २१ गते बस्ने प्रदेश कमिटीको बैठकले कार्ययोजना तयार गरी कार्यान्वयनमा लाने बागमती प्रदेश कार्यालयले जनाएको छ । 

श्रम कानुन समय सापेक्ष परिमार्जन अवश्यक छ– जिफन्ट अध्यक्ष

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले आइएलओ महासन्धिहरू अनुमोदन, अनौपचारिक श्रमलाई औपचारिकीकरण र श्रम कानुन समय सापेक्ष परिमार्जन गरी अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।

केन्द्रीय श्रम सल्लाहाकार परिषद्को माघ १८ गते श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयमा सम्पन्न बैठकमा ट्रेड युनियन प्रतिनिधिको रूपमा सहभागी हुँदै जिफन्टका अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

केन्द्रीय श्रम सल्लाहाकार परिषद्को सम्पन्न बैठकले आर्थिक वर्ष २०८१ देखि २०९० को दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा मनाउने ILO अभिसन्धि ८१ र ८७ अनुमोदनको लागि सरकारलाई निर्देशन दिने र यसै  आर्थिक  वर्षमा श्रम तथा रोजगार सम्मेलन गर्ने निर्णय गरेको छ ।

काम ठूलो वा सानो भन्दा पनि काम मर्यादित छ छैन मुख्य प्रश्न हो

नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) आवध्द रहेको विश्वभरीका स्वरोजगार सडक ब्यापारीहरूको अन्तर्राष्ट्रिय छाता संगठन स्ट्रीटनेट इन्टरनेशनलको एशिया प्रसान्त क्षेत्रिय बैठक काठमाडौँ स्थित होटल ठमेल पार्कमा माघ १६ गतेदेखि सुरू भएको छ । 

नेपाल, भारत, बङ्गलादेश, फिलिपिन्स, थाइल्याण्ड, बेल्जियम, पोर्चुगल, कम्बोडिया, युक्रेन लगायतदेशका ट्रेड युनियन प्रतिनिधि सहभागी सो बैठकको शुभारम्भमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले विभिन्न देशबाट बैठकमा भाग लिन आउनु हुने सबैलाई नेपालमा स्वागत गर्नु हुँदै विश्वका हरेक देशमा सडक स्वरोजगारको समस्या एकै खालको रहेकोले साझा अवधारणा तयार पार्नु पर्ने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले कुनै पनि काम ठुलो वा सानो भन्दा पनि काम मर्यादित छ छैन भन्ने मुख्य प्रश्न रहेको भन्नु हुँदै जिफन्टले मर्यादित कामका लागि निरन्तर अभियान सञ्चालन गर्दै आइरहेको बताउनु भयो । 

नेपालमा स्वरोजगार क्षेत्रमा रहेका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन जिफन्ट र नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) को महत्वपूर्ण योगदान रहेको बताउँदै जिफन्टले २० लाख श्रमिकहरूलाई योगदानमा अधारित सामाजिक सुरक्षामा जोड्ने अभियान पनि सञ्चालन गरेको बताउनु भयो ।

ILO र सोलिडारिटी सेन्टरका प्रतिनिधि लगायतले आ-आफ्नो धारणा राख्नु भएको बैठक आगामी २ फेब्रुअरीसम्म चल्नेछ । 

काम ठूलो वा सानो भन्दा पनि, काम मर्यादित छ छैन मुख्य प्रश्न हो

नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) आवध्द रहेको विश्वभरीका स्वरोजगार सडक ब्यापारीहरूको अन्तर्राष्ट्रिय छाता संगठन स्ट्रीटनेट इन्टरनेशनलको एशिया प्रसान्त क्षेत्रिय बैठक काठमाडौँ स्थित होटल ठमेल पार्कमा माघ १७ गतेदेखि सुरू भएको छ ।

ERR

ERE