यातायात, अटो मेकानिक्स र सुरक्षा क्षेत्रका यूनियनलाइ प्रशिक्षण

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सम्बद्ध यूनियनहरू यातायात, अटो मेकानिक्स र सुरक्षा क्षेत्रका ३ वटा यूनियनका केन्द्रिय सदस्यहरूलाइ जिफन्ट नियमित ट्रेड युनियन स्कुलमा प्रशिक्षण सम्पन्न भयो ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले भदो २९ गते शुभारम्भ गर्नु भएको ३० औं ब्याचको प्रशिक्षण कार्यक्रमको भाद्र ३१ गते सहभागिताको प्रमाण पत्र बितरण गरी सम्पन्न भएको छ ।

 

३ दिन सम्म संचालन भएको प्रशिक्षण कार्यक्रममा सहभागिहरूलाइ प्रमाण पत्र बितरण गर्नुहुदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले फरक फरक कामको प्रकृती रहेको ३ वटा ट्रेड यूनियनलाइ जिफन्टले संचालन गरेको प्रशिक्षण कार्यक्रमले आ–आफ्नो क्षेत्रमा संगठन बिस्तार र बिकासकालागी कोसेढुङगा साबित हुने बताउदै सबैलाइ शुभकामना सहित बदाइ दिनु भयो ।

प्रशिक्षण कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष बिदुर कार्कीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय ट्रेड यूनियन अन्दोलन, समाजवाद र श्रम कानुन बिषयमा जिफन्ट उपाध्यक्ष जनक चोधरीले, जिफन्टको आठौं महाधिवेशनले पारित नीति तथा कार्यक्रमको बारेमा महासचिब लक्ष्मण शर्माले र प्रचार तथा प्रकाशन बिभागका सचिब महेन्द्रलाल श्रेष्ठले सुचना अभिलेखिकरण सम्बन्धी बिषयमा प्रशिक्षण दिनु भएको थियो ।