गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

तिलोतमा नगरपालिकामा श्रमिक भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अनोपचारीक क्षेत्रमा कार्यरत श्रमिकहरूलाइ योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा सुचिकरण गर्न जिफन्ट लागि परेको बताउनु हुदै जिफन्टले संचालन गरेको मिसन टु मिलियन अभियान यसै अन्तरगत रहेको बताउनु भयो  ।

अध्यक्ष श्रेष्ठले जेठ १७ गते तिलोतमा नगरपालिका स्थित सिमानगरमा अनोपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूकालागी योगदानमा आधारीत सामाजिक सुरक्षा बिषयक छलफल कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरूको सहभागितामा सम्पन्न सो कार्यक्रममा जिफन्टका उपाध्यक्ष कमल गाैतम र नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) केन्द्रिय प्रतिनिधि परिसद प्रमुख जिबन अधिकारीले मन्तब्य दिनु भएको थियो ।

जिफन्ट मकवानपुरले हेटौंडा उपमहानगर पालिकामा ज्ञापन पत्र बुझायो

नेपाल ट्रेड युनोयन महासंघ जिफन्ट मकवानपुर जिल्ला समन्वय कमिटिले जेठ १६ गते हेटौंडा उपमहानगर पालिकामा  ज्ञापन पत्र बुझाएको छ । 

ज्ञापन पत्रमा हेटौंडा उपमाहानगर पालिका अन्तर्गत रहेका अनौपचारिक र स्वरोजगार श्रमिकहरुलाइ पंजिकरण गर्न श्रम डेस्क स्थापना गर्नु पर्ने, योगदानमा अधारीत सामाजिक सुरक्षा कोषमा सचिकरण गर्नु पर्ने लगाएतका बिषयहरू समेटीएका छन ।

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको नेतृत्वमा हेटौंडा बजारबाट श्रमिकहरुको र्यालि सहित हेटौंडा उपमहानगर पालिका पुगी कार्यकारि प्रमुखलाइ ज्ञापनपत्र बुझाएको हो। 

जिफन्ट अवध्द युनियनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्ञापन पत्र बुझायो

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरसफाइ र सुरक्षा श्रमिकहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाई जेठ १५ गते ज्ञापनपत्र बुझाएकाछन् । प्रतिष्ठानले कटौती गरेको हेल्थकार्ड सुविधालाई निरन्तरता गरिनुपर्ने, गत साउन देखि वृद्धि भएको न्युनतम पारिश्रमिक तत्काल पाउँनु पर्ने र बाँकी रहेको पुरानो तलब उपलब्ध गराउनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको हो । 

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बध नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल सफाई कर्मचारी युनियनको तर्फबाट प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार सूर्यप्रसाद संग्रौला, निर्देशक जगतनारायण प्रसाद साह र शिक्षाध्यक्ष डा. सञ्जीव शर्मालाई तीनबुँदे ज्ञापनपत्र बुझाइएको हो ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले ज्ञापनपत्र हस्तान्तरण गर्दै श्रमिकहरुको अधिकारका लागि जिफन्टले पटक पटकको आन्दोलन र सबैको सहयोगमा प्राप्त भएको हेल्थ कार्ड लगायतका उपलब्धीहरु क्रमशः खोसिदै गइरहेकाले श्रमिकहरुको समस्याको सम्बोधन नभए पुन आन्दोलन गरिने चेतावनी प्रतिष्ठानका पदाधिकारीहरु समक्ष राखेका थिए ।

 

वर्षौँदेखि श्रमिकहरुले उपयोग गर्दै आइरहेको हेल्थ कार्ड २०८० साउन १ गतेदेखि बन्द गरिँदा श्रमिकहरु र तिनको आश्रित परिवारमा गम्भिर असर परेकाले तत्काल निरन्तरता दिन ज्ञापनपत्रका उल्लेख गरिएकोछं ।

त्यस्तै २०८० साल साउन १ गतेदेखि लागुहुने गरि न्युनतम पारिश्रमिकमा सरकारले वृद्धि गरेको तलव अहिलेसम्म श्रमिकहरुलाई नदिएर श्रमिकहरुको श्रमको शोषण गरिरहेकाले तत्काल बढेको रकम उपलब्ध गराउनु पर्ने उल्लेखछ ।

प्रतिष्ठानमा केटिएम सेक्युरिटी कम्पनीले ठेक्का सम्झौतामा काम गरेको समयमा मजदुरहरुले पाउनुपर्ने १ करोड ५६ लाख ३४ हजार ३ सय १३ रुपैया ३६ पैसा तलब लगायतका शिर्षकको पैसा श्रमिकहरुलाई उपलब्ध गराउन श्रम अदालतले फैसला गरेको करिव चार वर्ष हुनै लाग्दा मजदुरहरुले पैसा नपाएकोले केटिएम सेक्युरिटी कम्पनीलाई प्रतिष्ठानले भुक्तान गुर्नपर्ने रकम मध्येबाट कट्टा गरि पैसा उपलब्ध गराईनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र ग्रहण गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीले श्रमिकहरुले आन्दोलन गर्न नपर्नेगरी तत्काल विषयहरुको सम्बोधन गरिने बताए । 

पदाधिकारीलाई ज्ञापनपत्र बुझाउन जिफन्टका नेता भीमज्वाला राई सहित सफाई कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यामकला मग्राती, धरान नगर अध्यक्ष गणेश योङहाङ, जिफन्ट धरान नगर अध्यक्ष शमशेर बर्देवा, सुरक्षा श्रमिक युनियनका अध्यक्ष जनक सुनुवार, उपाध्यक्ष रत्न नेम्वाङ, सचिव प्रविण राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, सुरक्षा श्रमिक धरान नगर अध्यक्ष गोपी योगी लगायतका नेताहरु रहेका थिए ।

 

तुल्सीपुर उपमहानगरमा दैनिक न्युनतम ज्याला रू ६६८ लागु गर्ने सहमती

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) दाङ जिल्ला समन्वय कमिटीको अयोजनामा तुल्सीपुर उपमहानगर पालीकामा जेठ १५ गते कृष्ण चोधरीको अध्यक्षामा श्रमिक भेला सम्पन्न भयो ।

जिफन्ट उपाध्यक्ष कमल गोतमको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उपमहासचिब खगेन्द्र वली, जिफन्ट दाङ जिल्ला समन्वय कमिटी सचिब बसन्त चोधरी लगाएतका नेताहरूले सम्बोधन गर्नु भएको थियो ।

त्यसैगरी जिफन्ट उपाध्यक्ष कमल गोतमको नेतृत्वमा तुल्सीपुर उपमहानगरका मेयर तिकाराम खड्का, उपमेयर सानी चोधरी र प्रशासन प्रमुख संग भेट गरी छलफल गरेको छ ।

छलफलमा पछी ज्यालादारी श्रमिकहरूलाइ दैनिक रू ५०० दिंदै अएकोमा बैसाख देखी नै लागु हुने गरी न्युनतम ज्याला रू ६६८ लागु गर्ने सहमती भएको छ ।

स्वदेशमै मर्यादित रोजारी सिर्जना गर्नु पर्नेमा जिफन्ट अध्यक्षको जोड

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सहयोग समुहरूले "बैदेशिक रोजगार करको हैन रहरको बिषय बनाऔ" "प्रवासी श्रमिकको अधिकार, सामाजिक सुरक्षा र मर्यादित रोज़गार" भन्ने मुल नाराका साथ कतार, मेलेशिया, बहराइन, युएइ लगाएतका गन्तब्य मुलुकहरूमा मे दिवस २०२४ मनाएका छन् । 

जिफन्ट सहयोग समूह (जिएसजी) कतारद्वारा बैशाख २१ गते दोहामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले  बैदेशिक रोजगारीमा जान बाध्य नेपाली श्रमिकहरूलाइ स्वदेशमै मर्यादित रोजारी सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो । 

उहाँले प्रवासी श्रमिकहरूको भविष्यलाइ सुनिश्चित गर्न योगदानमा अधारीत सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनको बिकल्प नरहेको बताउनु भयो । 

त्यसैगरी जिफन्ट सहयोग समुह (जिएसजी) मलेशियाले बैसाख १९ गते सेलेङोर राज्यको क्लाङ्ग र शाह आलम सहरमा मे दिवसको छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्‌यो । 

कार्यक्रमका प्रमख अतिथि एवम् जिएजी मलेशियाका सस्थापक संरक्षक प्रेम मगर, संयोजक बेद कुमार खतीवडा र  अध्यक्ष बिवेक लिम्बुले मे दिवसको इतिहास र यसको महत्वको बारेमा मन्तव्य राख्नु भएको थियो । 

जिफन्ट कोशी प्रदेश र न्युरो अस्पताल बिराटनगर बिच सहुलियत उपचार सम्झोता सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश र न्युरो अस्पताल बिराटनगर बिच जिफन्ट सदस्य तथा तिनका परीवारको उपचार गर्दा सहुलियत दिने सम्बन्धमा सम्झोता भएको छ 

१३५ अं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा बैसाख १९ गते जिफन्टले अयोजना गरेको श्रमिक सभामा अस्पताल ब्यवस्थापक र जिफन्ट बिच सम्झोता भएको हो ।

त्यसैगरी पक्षाघात रोग बाट पिडित भइ उपचार गराइरहनु भएका जिफन्ट सदस्य कन्हु हेमरनलाई जिफन्ट महासचिब लक्ष्मण शर्माले जिफन्ट ऐक्यवध्दता कोषबाट अर्थिक सहयोग  प्रदान गरेको छ ।