सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले आइरावती गाउपालिका ७ प्यूठानकी रिता राना मगरलाई बैदेशिक रोजगारीको शिलशिलामा ठगी गरेको एजेन्टबाट रु.१ लाख ३० हजार क्षतिपूर्ति दिलाएको छ ।
"फ्रि भिषा फ्रि टिकट"को लोभ देखाई स्थानिय एजेन्ट ओम प्रकाश सिंले २ महिना अघि भिजिट भिषामा पिडितलाई कुवेत पुर्याएको थियो ।
घरेलु कामदारको रूपमा नियमित १८ घण्टाको परिश्रमले बिरामी परेका पिडितलाई नेपाल फर्काउन एजेन्टले मोटो रकम माग गरेकाले एजेन्ट विरूद्ध जिफन्टमा उजूरी दिएकी थिइन ।
जिफन्टको पहलमा १ महिनाको तलब र टिकट बराबरको रकम उपलब्ध गराईएको कुरा जिफन्ट प्रवासी डेक्सबाट जनक बि.क ले श्रमिक खबरलाई जानकारी दिएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले बैदेशीक रोजगारीको सिलसिलामा कुवेतमा अलपत्र परेकी एक महिलाको उद्धार गरी नेपाल फर्काउन सफल भएको छ ।
उद्धार गरिएकी छहरा नगरपालिका ७ पाल्पाकी २५ वर्षिय पूजा सेरबुजा मगर करिव १ महिना अगाडी बैदेशिक रोजगारीका लागी कुवेत पुग्नु भएको हो ।
कम्पनिमा क्लिनिङको काम लगाइदिने आश्वासन दिएर कुवेत पुराईएकी मगरलाई एजेन्टले ६५० डलरमा घरेलु कामदारका लागि विक्रि गरिएको बताइएको छ ।
जिफन्ट प्रवासी डेक्सका जनक बि.क ले दिनु भएको जानकारी अनुसार नेपाल फर्काउने सम्पूर्ण खर्च एजेन्टले व्योहोर्ने गरी साउन १४ गतेउ पुजा मगरलाई नेपाल फर्काइएको हो । उहाँलाई परिवारको जिम्मा लगाइएको छ ।
बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल नारायणीको भेला नारायणगढमा र राप्तीको भेला दाङमा साउन १२ गते सम्पन्न भयो ।
नारायणीको भेलामा केन्द्रिय अध्यक्ष सुर्य पराजुली प्रमुख अतिथि रहेको थियो ।

उपमहासचिव जनक ढकालको उपस्थितीमा कार्यक्रमको अध्यक्षता सबिन लामिछानेले गर्नुभएको थियो । भेलाबाट रामबाबु घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नारायणी शाखा कमिटी गठन गरिएको छ ।
त्यसैगरी, दाङमा सम्पन्न भेलामा केन्द्रिय सचिब बिस्नु महरा प्रमुख आतिथि रहनु भएको थियो । प्रदेश अध्यक्ष गङ्गा सागर पन्थीको उपस्थितीमा सम्पन्न सो कार्यक्रमबाट भिम भुसालको अध्यक्षतामा १३ सदस्यीय राप्ती साखा कमिटी गठन गरिएको छ ।
जिफन्ट आबध्द– राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) द्वारा आयोजित उदघोषण, वक्तृत्वकला तथा जलवायु संकट र न्यायिक रूपान्तरण सम्बन्धि सचेतना प्रशिक्षण साउन १४ गते सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो दिन उपाध्यक्ष बिदुर कार्की र केशबराज बिष्टले प्रशिक्षण दिनु भएको थियो ।

प्रचार विभाग प्रमुख तथा उपाध्यक्ष जितेन्द्र श्रेष्ठले सञ्चारसिप, श्रमिक खबरका समाचार सम्पादक अमरध्वज लामाले वकृत्वकला विषयमा प्रशिक्षण दिनु भएको थियो ।
त्यसै गरी कार्यक्रममा प्रेम प्रेम प्रधान र सुजना जोशीले जलवायु परिवर्तनको अवधारणा जलवायु परिवर्तनका असरहरूका बारेमा प्रशिक्षण दिनु भएको थियो
कार्यक्रम समापनमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले प्रशिक्षणमा सहभागिहरूलाइ सहभागिताको प्रमाण पत्र वितरण गर्नु हुदै संगठन निर्माणका लागि यस प्रशिक्षण कार्यक्रमबाट मध्दत मिल्ने बताउनु हुदै सहभागिहरूलाइ शुभकामना दिनु भयो ।
थप फोटाकोलागि तलको लिंकमा क्लिक गर्नु होला ।
https://www.facebook.com/media/set/?set=a.122102856530435116&type=3
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन साझा यातायात इकाई कमिटीले साउन १२ गते शनिबार भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ ।
पुल्चोक हरिहरभवन स्थित सहकारी बोर्डको कार्यालयमा सम्पन्न कार्यक्रममा ९ जना चालकहरुलाई सवारी चालक अनुमतिपत्र नविकरण सहयोग स्वरूप जनही ३ हजारका नगद प्रदान गरिएकोछ ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल र संगठनका बागमती प्रदेश अध्यक्ष शंकर थापाले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

त्यसैगरी, मस्तिष्क घात भइ उपचार गराइरहनु भएका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट बस इकाई कमिटीको साधारण सदस्य राजाराम श्रेष्ठलाइ इकाई कमिटिले १ लाख सहयोग प्रदान गरेको छ ।
संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिब शिव कुमार श्रेष्ठ र कमिटीका सदस्यहरुको उपस्थितिमा साउन १२ गते राजाराम श्रेष्ठको परिवारलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ ।
उद्धार गरिएका सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ । मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली बन्धक नेपालीहरूको उद्वार गर्न सफल भएको हो ।