बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालको भेला सम्पन्न
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन साझा यातायात इकाई कमिटीले साउन १२ गते शनिबार भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ ।
पुल्चोक हरिहरभवन स्थित सहकारी बोर्डको कार्यालयमा सम्पन्न कार्यक्रममा ९ जना चालकहरुलाई सवारी चालक अनुमतिपत्र नविकरण सहयोग स्वरूप जनही ३ हजारका नगद प्रदान गरिएकोछ ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल र संगठनका बागमती प्रदेश अध्यक्ष शंकर थापाले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

त्यसैगरी, मस्तिष्क घात भइ उपचार गराइरहनु भएका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट बस इकाई कमिटीको साधारण सदस्य राजाराम श्रेष्ठलाइ इकाई कमिटिले १ लाख सहयोग प्रदान गरेको छ ।
संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिब शिव कुमार श्रेष्ठ र कमिटीका सदस्यहरुको उपस्थितिमा साउन १२ गते राजाराम श्रेष्ठको परिवारलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।