सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
जिफन्ट प्रवासी डेस्क कुवेतको सहयोगमा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ की मनमाया सुनार साउन २३ गते स्वदेश फर्कन सफल हुनु भएको छ ।
स्थानीय एजेन्टले वैदेशिक रोजगारीका लागि दुबइ लैजाने भनि कुवेत पुर्याएका थिए । "फ्रि भिसा फ्रि टिकट"को प्रलोभनमा पारिएकी मनमायालाई त्यहाँ पुगेपछि दैनिक १८ घण्टाको यातनापूर्ण घरेलु श्रमिक बनाइएको थियो ।
नेपाल फर्काइदिन जिफन्टको सम्पर्कमा आउनु भएकी मनमाया सुनारलाई सबै खर्च एजेन्टले बेहोर्नेगरी ५ दिनभित्र नेपाल फर्काउन सफल भएको जिफन्ट प्रवासी डेक्सका जनक बिकले जानकारी दिनुभयो ।
जिफन्ट उपाध्यक्ष तथा महिला कमिटी अध्यक्ष सिता लामाको नेतृत्वको प्रतिनिधि मण्डलले इजरायलमा कामदार पठाउने निर्णय फिर्ता लिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौलासँग आग्रह गरेको छ ।
साउन २५ गते मन्त्रालयमा जिफन्टको तर्फबाट ज्ञापन पत्र बुझाउँदै उपाध्यक्ष लामा नेतृत्वको टोलीले युद्धग्रस्त देशमा कामदार पठाउन तुरून्त रोक्नुपर्ने अडान समेत व्यक्त गरेको छ ।
इजरायल, प्यालेस्टाइन र लेबनान लगायत पश्चिम एसियामा तनाव बढेपछि जिफन्टले सरकारको निर्णय फीर्ता गराउन माग गर्दै आएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को प्रचार प्रसारलाइ प्रभावकारी बनाउने सन्दर्भमा प्रचार तथा प्रकाशन बिभाग र जिफन्ट प्रदेश अध्यक्षहरूबीच साउन २२ गते भर्चुअल बैठक सम्पन्न भयो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बिनोद श्रेष्ठले प्रचार तथा प्रकाशनको सन्दर्भमा जिफन्टको नीति एवं प्रदेश कमिटि र विभागबीचको समन्वयकारी भूमिकाबारे प्रकाश पार्नु भयो ।
उपाध्यक्ष तथा विभाग प्रमुख जितेन्द्र श्रेष्ठले जिफन्टले नेतृत्व गर्दै आएको ट्रेड युनियन आन्दोलनलाई अझै सशक्त बनाउन यूनियनका हरेक गतिबिधि समुदायसम्म पुर्याउन प्रचारको भूमिका विशेष भएको बताउनु भयो ।
प्रचार तथा प्रकाशन विभाग सचिव महेन्द्रलाल श्रेष्ठले अगामी दिनमा गरिने काममा प्रदेशहरूको भुमिकाका बारे भर्च्युयल बैठकमा प्रष्ट पार्नु भएको थियो ।
सो अवसरमा जिफन्ट प्रदेश अध्यक्षहरूले आफू मातहतका अवस्थाका बारेमा संक्षेपमा जानकारीका साथै सुझावहरू दिनुभएको थियो ।
लुम्बिनी विकास कोषमा कार्यरत १७८ कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।
विगत ३ वर्षदेखि नेपाल ट्रेड युनियन महासंघ जिफन्टले लुम्बिनी विकास कोषमा करारमा कार्यरत श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न पहल गर्दै आइरहेकोमा लामो समयको प्रयास पछि २०८१ श्रावण महिना देखी श्रमिकहरूलाई सूचिकृत गरी लुम्बिनी विकास कोषले रकम जम्मा गरेको हो ।
नेपाल स्वरोजगार ब्यापार श्रमिक यूनियन ठेला बजार इकाइ भिमदत्त नगर कमिटीले भिमदत्त नगर पालिकामा कार्यस्थल ब्यवस्थापन सम्बन्धमा ध्यानअकर्षण पत्र बुझाएको छ ।
साउन २० गते बुझाएको ध्यानअकर्षण पत्रमा निर्माण प्रकृया रोकिएको ठेला बजारको निर्माण प्रकया तुरून्त थालनी गर्नु पर्ने, शोचालयको ब्यवस्थापन, स्वरोजगार श्रमिकहरूको पंजिकरण, नगर प्रहरीध्दार स्वरोजगार श्रमिकहरूको सामान जफत तथा घरपकड बन्द गर्नु पर्ने लगाएतका ९ वटा बिषय उल्लेख गरेको छ ।
समग्र उद्योग ट्रेड युनियन नेपाल व्हिन, मकवानपुर जिल्ला समन्वय कमिटीको आयोजनामा साउन १९ गते हेटैडा स्थित जिफन्टको सभाहलमा अन्तर्कृया कार्यक्रम सप्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अन्तरक्रियमा सहभागीहरूले राख्नु भएको जिज्ञासालाइ समेट्दै बर्तमान श्रम क्षेत्रमा रहेको समस्या र समाधान सहित जिफन्ट र सम्बन्धीत यूनियनले अपनाउनु पर्ने बाटोको बारेमा प्रकाश पार्नु भएको थियो ।
अध्यक्ष श्रेष्ठले श्रमिक कटौती, सम्झौता कार्यवन्यनको जटिलता, श्रम कानुनको कार्यान्वय, योगदानमा अधारीत सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अहिलेको श्रम बजारमा रहेका हाम्रा चुनौतीहरु हुन, यि चुनोतीहरलाइ समाधान गर्न नयाँ ढंगले आन्दोलन गर्न आवाश्यक रहेको बताउनु भयो ।
व्हीन मकवानपुर जिल्ला समन्वय कमिटी अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा विस्वनाथ संजेलले संचालन गर्नु भएको उक्त भेलामा, व्हिन केन्द्रीय अध्यक्ष आनन्द थामी, सचिव गीता भण्डारी, जिफन्ट वाग्मती प्रदेश अध्यक्ष रामहरी नेपाल व्हिन केन्द्रीय सदस्य बिनोद लामिछाने लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।