इजरायलमा कामदार पठाउने निर्णय फिर्ता लिन जिफन्टको अाग्रह

जिफन्ट उपाध्यक्ष तथा महिला कमिटी अध्यक्ष सिता लामाको नेतृत्वको प्रतिनिधि मण्डलले  इजरायलमा कामदार पठाउने निर्णय फिर्ता लिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौलासँग आग्रह गरेको छ । 

साउन २५ गते मन्त्रालयमा जिफन्टको तर्फबाट ज्ञापन पत्र बुझाउँदै उपाध्यक्ष लामा नेतृत्वको टोलीले युद्धग्रस्त देशमा कामदार पठाउन तुरून्त रोक्नुपर्ने अडान समेत व्यक्त गरेको छ । 

इजरायल, प्यालेस्टाइन र लेबनान लगायत पश्चिम एसियामा तनाव बढेपछि जिफन्टले सरकारको निर्णय फीर्ता गराउन माग गर्दै  आएको छ ।