नेपाल ट्रेड युनियन महासंघ जिफन्टले लैंगिक हिंसा विरुध्दको १६ दिने अभियान देशव्यापी बिभिन्न कार्यक्रमको आयोजना गरी मनायो ।
अभियानको पहिलो दिन मंसिर १० गते जिफन्ट वागमती प्रदेश महिला कमिटीद्वारा जिफन्ट सभाहलमा जिफन्टको महिला हिंसा विरुध्दको आचार संहिता कार्यान्वयनको बारेमा अभिमुखिकरण कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गरेको छ ।

अध्यक्ष विनोद श्रेष्ठले लैंगिक हिंसा बिरूद्धको बिश्व दिवसको सन्दर्भमा सबैमा शुभकामना दिंदै हिंसा जस्तोसुकै भएपनि, जहां भए पनी जस्ले गरेपनि त्यो अपराध भएको बताउनु हुदै यसकालागी जिफन्टको कार्यथलो देखी राष्ट्रिय स्तर सम्मका सबै कमिटी र समस्त सदस्यहरू सचेत र सजग हुनुपर्नेमा जोड दिनु भयो ।
लैंगिक हिंसालाई एकपक्षीय ढङगले नबुझ्न र हल्लाको पछि नलाग्न अनुरोध गर्नु हुदै अध्यक्ष श्रेष्ठले श्रमिक महिलाहरूको समस्यालाइ समाधान गर्न जिफन्टले महिलाहरूलाइ नै नेतृत्वमा ल्याउन बिशेष योजना सहित काम गरी रहेको भन्नु हुदै जिफन्ट सदस्यहरूले त्याग समर्पण र निरन्तरतामा ध्यान दिनु पर्ने बताउनु भयो ।

लैंगिक हिंसा विरुध्दको १६ दिने अभियान अन्तरगत जिफन्ट कोशी प्रदेश महिला कमिटीको आयोजनामा मंसिर १७ गते बिराटनगरमा प्रदेश महिला कमिटी अध्यक्ष डोमा राईको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट सचिवहरू हरी बहादुर कार्की, कृष्ण केसी, राष्ट्रिय कमिटी सदस्य तथा कोशी प्रदेश अध्यक्ष किशोर धमला सदस्यहरू भिम ज्वाला राई, सन्त कुमार राई, माया भण्डारीलगाएतका नेताहरूको उपस्थीत रहेको थियो ।
कोशी प्रदेश महिला कमिटी सचिव सायदा तवसुमले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष सकुन्तला वरालले स्वागत गर्नु भएको थियो ।

त्यसैगरी मदेश प्रदेश बारा जिल्लाको सिमरामा मंसिर १८ गते प्रदेश महिला कमिटी अध्यक्ष सरीता नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट राष्ट्रिय महिला कमिटी सदस्य तथा प्रदेश इन्चार्ज गिता भण्डारीले धन्यवाद मन्तब्य राख्नु भएको थियो भने कोशी प्रदेश महिला कमिटी सह सचिव कल्पना कोइरालाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
अभिमुखीकरण कार्यक्रमको संचालन शिला झाले र ममता कायस्थले स्वागत गर्नु भएको थियो ।

१६ दिने अभियान अन्तरगत जिफन्ट गण्डकी प्रदेश महिला कमिटीको आयोजनामा मंसिर १९ गते पोखरामा भएको अभिमुखीकरण कार्यक्रम प्रदेश महिला कमिटी अध्यक्ष संगिता पाण्डेको अध्यक्षतामा सम्पन्न भयो ।
अभिमुखीकरण कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, सचिब महेन्द्रलाल श्रेष्ठ, राष्ट्रिय कमिटी सदस्य मिश्र कुमारी गुरूङ्ग, प्रदेश अध्यक्ष रूद्र बहादुर खत्री लगाएतका नेताहरूको उपस्थीती रहेको थियो ।

लैंगिक हिंसा विरुध्दको १६ दिने अभियान अन्तरगत मंसिर २० गते जिफन्ट लुम्बीनी प्रदेश महिला कमिटीको आयोजनामा रूपन्देही जिल्लाको बुटवलमा प्रदेश महिला कमिटी अध्यक्ष सरस्वती सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भुमिकला बलालले र स्वागत शुशिला न्यौपानेले गर्नु भएको सो कार्यक्रममा जिफन्ट केन्द्रीय लेखा परिक्षण आयोग प्रमुख गुमादेवी आचार्य, जिफन्ट सचिब हरि कार्की, राष्ट्रिय महिला कमिटी सदस्य रन्जु भट्टराई र प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेको आतिथ्यता रहेको थियो ।
सम्पन्न कार्यक्रमहरूमा महिला कमिटी अध्यक्ष सीता लामाद्वारा आईएलओ अभिसन्धी १९०, उपाध्यक्ष कमला तमाङद्वारा जिफन्ट महिला नीति तथा सचिव विजया खड्काले लैंगिक हिंशाको अवस्था र जिफन्टको भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो ।