सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाली ट्रेड युनियनहरूको झण्डै २ दशकको लामो र निरन्तर आन्दोलनको फलस्वरूप २०७५ साल मंसिर ११ गतेबाट कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा छैटौँ बर्ष पुरा गरी सातौँ बर्षमा प्रवेश गर्दै गर्दा उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धीकोलागी अझ सशक्त भएर लाग्नु पर्ने जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बताउनु भएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसिको आयोजनामा मंसिर १० गते आउटसोर्स श्रमिकका समस्या, सामाजिक सुरक्षा कार्यान्वयन र श्रम बजारका बारेमा समसामयिक बिषयमा आयोजित राष्ट्रिय भेलामा सो कुरा बताउनु भएको हो ।
अध्यक्ष श्रेष्ठले श्रमजीवी जनताको समृद्धिको लागी अगाडि बढी रहेको अवस्थामा सामाजिक सुरक्षा विरुद्धका भ्रमहरूलाई चिर्दै हाम्रो आन्दोलनको उपलब्धिलाई संरक्षण गर्ने दाइत्वलाई पुरा गर्न समस्त श्रम आन्दोलन एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
जेटियुसिसि अध्यक्ष योगेन्द्र कुँवरको अध्यक्षतामा भएको सो भेलामा अन्टुफ अध्यक्ष जगत सिम्खडाले आउटसोर्स श्रमिकका समस्या तथा ट्रेड युनियनले खेल्नु पर्ने भुमिकाको बारेमा बोल्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा गर्ने भएको छ ।
सो अभियानको पहिलो दिन मंसिर १० गते जिफन्ट बागमती प्रदेश महिला कमिटीद्वारा जिफन्टको महिला हिंसा विरुद्धको आचार संहिता कार्यान्वयनको बारेमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
अभियानको सुरुवात गर्दै अध्यक्ष विनोद श्रेष्ठले लैङ्गिक हिंसालाई एकपक्षीय ढङ्गले नबुझ्न र हल्लाको पछि नलाग्न अनुरोध गर्नुभयो।
महिला कमिटी अध्यक्ष सीता लामाद्वारा आईएलओ अभिसन्धी १९०, उपाध्यक्ष कमला तामाङद्वारा जिफन्ट महिला नीति तथा सचिव विजया खड्काले लैङ्गिक हिंसाको अवस्था र जिफन्टको भूमिकाको बारेमा सहजीकरण गर्नुभएको कार्यक्रमको अध्यक्षता जिफन्ट प्रदेश महिला कमिटी अध्यक्ष शान्ती कार्किले गर्नु भएको थियो ।
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न नेकपा एमालेले मंसिर ७ गते दरबार मार्गमा जारगरण सभा अयोजना गरेको छ ।
एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा सम्पन्न जागरण सभा सुरू हुनु अघि विभिन्न ठाउँबाट र्याली निकालिएको थियो।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टमा अवद्ध हजारैं श्रमिकहरूको भद्रकालीबाट सुरू भएको र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबार मार्गमा पुगेर सभामा परिणत भएको थियो।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ जागरण सभा गरेको हो ।
चालू कोप 29 मा समतामूलक र न्यायपूर्ण जलवायु वित्तको माग गर्दै मंसिर १ गते नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र सम्बद्ध जलवायु अभियन्ताहरूका संघ संस्थाहरूले काठमाडौँमा प्रभात फेरीको आयोजना गरेका छन् ।
जलवायु परिवर्तनका कारण सिगों देशले भोग्नु परेको समस्या र श्रमिकहरूको रोजगारीमा परेको असरका बारेमा र श्रमिकहरूलाई मर्यादित काम र सामाजिक सुरक्षाको प्रत्याभुति गर्नु पर्ने आदि नाराका प्लेकार्ड सहित भृकुटीमण्डपबाट सुरू भएको प्रभात फेरी रत्नपार्क स्थित शान्ति बाटिकामा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा जिफन्ट उपाध्यक्ष तथा असमानता विरुद्धको एलायन्सका नेपाल संयोजक सिता लामाले जलवायु सङ्कटले देशव्यापी रुपमा समुदायहरु र हिमाली पर्यटनदेखि कृषीक्षेत्रसम्म परेको असरले श्रमिकहरुको गाँस बास कपास स्वास्थ्य शिक्षा रोजगारीमा परेको असरहरुको बारेमा प्रकाश पार्दै चालू कोप सम्मेलनको बैठकले अल्पविकसित तथा विकासशील राष्ट्रका समुदायका नागरिक र श्रमिकहरुलाई न्याय दिलाउनुपर्ने माग गर्नुभएको थियो।
थप फोटोकोलागी लिंकमा क्लीक गर्नुहोस ।
https://www.facebook.com/media/set/?set=a.122128005722435116&type=3
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध युनियन समग्र उद्योग ट्रेड युनियन नेपाल ब्हीन, बारा जिल्लाको परवानिपुर स्थित रहेको अन्नपूर्ण भेजिटेवलमा सम्पन्न आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा विजयी भएको छ ।
कार्तिक २९ गते भएको आधिकारिक निर्वाचनमा कुल १०४ मध्ये समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन)ले ६३ मत प्राप्त गरी बिजय भएको हो ।
निर्वाचनमा नेपाल कारखाना श्रमिक संघले ३६ मत प्राप्त गरेको थियो भने ५ मत बदर भएको थियो ।
२२ महिना अगाडी SKy Blue international को माध्यामबाट वैदेशिक रोजगारीकालागी को साउदी पुगेका सर्लाही जिल्ला हरीवन नगरपालिकाका ३४ वर्षिय तिलकराम थापाको शव कार्तिक २८ गते नेपाल ल्याएको छ ।
साउदी अरेबिया स्थित Aster factory मा काम गर्दा गर्दै गत भदो २२ गते अचानक करेन्ट लागेर मृत्यु भएका थापाको शव साउदी अरेबिया स्थित नेपाली राजदुतावुले सबै कानुनी प्रक्रिया पुरा गरी करिब साढे २ महिना पछि कार्तिक २८ गते थापाको शव नेपाल ल्याएको जिफन्ट प्रवाशी डेक्सका जनक बिकले जानकारी दिनु भएको हो