२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविका दिवस २०८१ को अवसरमा काठमाण्डो महानगर पालिकाले नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अवद्ध युनियन नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभालाइ सम्मान गरेको छ ।
नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा निरन्तर रुपमा निःस्वार्थ भावनाका साथ पुऱ्याएको अतुलनीय योगदान र लैङ्गिक हिंसा रोकथाम लगायतका क्षेत्रमा पुऱ्याएको योगदानको कदर स्वरूप मंसिर २०गते महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविका दिवस अवसरमा महानगरले आयोजना गरेको कार्यक्रममा सम्मान गरेको हो ।