श्रमिक अधिकारमाथि हस्तक्षेप भए कडा प्रतिवादःजिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले ट्रेड युनियन आन्दोलन कुनै दलगत विषय नभई ट्रेड युनियन ऐन तथा संविधान प्रदत्त अधिकार भएको भन्दै श्रमिक अधिकारमाथि हस्तक्षेप भए कडा प्रतिवाद गर्न तयार रहन आह्वान गर्नुभएको छ ।

अध्यक्ष श्रेष्ठले जिफन्ट आवद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन तिलगंगा आँखा प्रतिष्ठानको जेठ ९ गते पाँचौँ अधिवेशन उद्धधाटन गर्नु हुंदै वर्गीय आन्दोलन अविछिन्न रहने भन्नु हुंदै बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्न सबै श्रमिक एकताबद्ध हुनुपर्ने बताउनु भएको हो ।

तिलगंगा प्रतिष्ठानले राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय स्तरको ट्रेड युनियनआन्दोलनको नेतृत्व गर्न सक्ने क्षमता बिकास गरेको बताउदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा अझ प्रभावशाली नेतृत्व निर्माणकालागी पाँचौँ अधिवेशनले मद्धत गर्ने बिश्वास सहित अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो।

अधिवेशन उद्धघाटन समारोहमा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, युनियन केन्द्रीय कार्यवाहक अध्यक्ष राजेन्द्र सिंह ठकुरीले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।

कमिटीका संयोजक रबिन्द्र खड्काको अध्यक्षतामा सम्पन्न उद्धघाटन समारोहको संचालन राजु श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य अनुपा अर्यालले गर्नुभएको थियो ।

त्यसैगरी  अधिवेशनले नारायण बहादुर कार्किको अध्यक्षतामा १५ सदस्य कमिटी निर्वाचित गरेको छ ।