जेटियुसिसिले जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणकालागि सरकारलाइ ज्ञापनपत्र बुझायो

श्रमजीवी वर्गको समृद्धिका लागि साझा ढंगले क्रियाशील रहेका ट्रेड युनियन महासंघहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) ले जलवायु परिवर्तनले समग्र श्रम वजार एवं श्रमिकलाई पार्ने प्रभाव र यसको न्यायोचित न्यूनीकरणका सवालमा नेपाल सरकारको ध्यानाकर्षणार्थ असोज ९ गते वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलार्इ ज्ञापनपत्र पेश गरेको छ । 

ज्ञापनपत्र जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणकालागि मन्त्रालय स्तरबाट हरीत नीति र आचार संहीता निर्माण गर्नुपर्ने, जलवायु परिवर्तन सम्वन्धि हुने गतिविधीहरु प्रभावकारी बनाउन जलवायु परिवर्तनको बिषयसंग सरोकार राख्ने फोरमहरुमा जेटियुसीसीको प्रतिनिधित्व तथा जलवायु परिवर्तन र यसको न्यूनीकरणका सन्दर्भमा जेटियुसीसी सहित सरोकारवालाको संयन्त्र निर्माण गरी सामाजिक संवादलाई प्रोत्साहन गरिनुपर्ने उल्लेख गरेको छ । 

त्यसैगरी हरेक वर्ष जलवायु परिवर्तन सम्वन्धमा अयोजना हुने Conference of the Parties (COP) मा नेपाली श्रमिकको तर्फबाट जेटियुसीसीको प्रतिनिधित्वको ब्यवस्था गरिनुपर्ने, वैज्ञानिक हरित आर्थिक नीति निर्माण गर्दै कार्यस्थललाई हरियाली, वातावरणमैत्री बनाउन र हरीत रोजगारी श्रृजना र प्रर्वद्धनमा विशेष जोड दिनुपर्ने र रोजगारदाता, ट्रेड युनियन र स्थानीय तहसंग सहकार्य गरी औद्योगिक क्षेत्र वातावरण मैत्री बनाउन नीतिगत व्यवस्था गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ । 

जेटियुसिसी अध्यक्ष योगेन्द्र कुंवरको नेतृत्वमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ सहित वन तथा वातावरण मन्त्रीलाइ बुझाएको ज्ञापन पत्रमा जलवायु परिवर्तनको विषयलाई ध्यानमा राखी श्रमशक्तिको विकासलाई प्रोत्साहन गरिनुपर्ने, जलवायु परिवर्तन, श्रम र रोजगारीबीचको सम्बन्ध स्थापित गर्न ट्रेड युनियनहरुसंग सहकार्य गरिनुपर्ने साथै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र योजना हरेक क्षेत्रमा प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिएको छ ।

१३ वुंदा रहेको उक्त ज्ञापन पत्रमा जलवायु प्रदुषणको कारणले हुने रोगहरु एवं दुर्घटनाको उपचार र क्षतीपूर्तिको व्यवस्था, जलवायु परिवर्तनको कारण परिवर्तन हुन सक्ने कामको प्रकृतीलाई मध्यनजर गर्दै परिवर्तित काममा श्रमिकहरुलाई अनुकूलन गर्न शिपमूलक तालिमहरु प्रभावकारी रुपमा सञ्चालन गरी रोजगारीको सुनिश्चितता गरिनुपर्ने, जलवायु परिवर्तन र यसको नकारात्मक प्रभाव न्यूनिकरण र न्यायोचित रुपान्तरण सन्दर्भमा श्रमिक केन्द्रित अध्ययन, अनुसन्धान, क्षमता अभिबृद्धीमूलक एवं सचेतनामूलक कार्यक्रम सञ्चालन र अध्ययन, अनुसन्धान, तालिम तथा सचेतनामूलक कार्यक्रमको पूर्व तयारी एवं कार्यक्रमहरुमा जेटियुसीसीको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
 

फोटोकोलागी लिंकमा ल्किक गर्नुहोस 

https://www.facebook.com/media/set/?set=a.122120021414435116&type=3