नेपालमा व्यावसायिक रूपमा सवारी सञ्चालनको थालनीस“गै नेपाली यातायात मजदुरहरूले विभिन्न समयमा आफ्नो हक अधिकारको लागि आन्दोलन सञ्चालन गरेका थिए । यही क्रममा २०३६ सालको असार ९ गते सुनसरीको पानीपिया भन्ने ठाउ“मा यातायात मजदुरहरूले राष्ट्रिय भेलाको आयोजना गरे । यसै भेलाबाट “नेपाल यातायात स्वतन्त्र मजदुर संगठन” को स्थापना गरियो । 

नेयास्वमसं यातायात क्षेत्रको पहिलो र शक्तिशाली सङ्गठनको रूपमा नेपाल सरकारको श्रम विभागमा राष्ट्रिय टे«ड युनियन संघको रूपमा नं ३ मा दर्ता भएको छ । यो नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को संस्थापक सदस्य पनि हो । 

नेपाली मजदुर पक्षीय ट्रेड युनियन आन्दोलनको शक्तिशाली र सशक्त दस्ताको रूपमा स्थापित यो सङ्गठन सबै खाले यातायात मजदुरहरूको साझा र स्वतन्त्र युनियनको रूपमा सञ्चालित छ । यातायात क्षेत्रमा कार्यरत झण्डै ४ लाख मजदुरहरूमध्येको ठूलो सङ्ख्या यस संगठनको छातामुनि सम्बद्ध रहेका छन् । 
अधिराज्यको कर्णाली बाहेक १३ वटा अञ्चलमा यो संगठन बिस्तार भएको छ । 

राष्ट्रिय स्तरमा जिफन्टको संस्थापक सदस्यका रूपमा आबद्ध रहेको यो संगठन अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनस“ग आबद्ध छ ।

 

संबद्ध गतिविधिहरू

सार्वजनिक यातायातको टिकट बुकिङ काउन्टरहरू ब्यवस्थीत गर्ने सहमत

काठमाडौं महानगरभित्र रहेका सार्वजनिक यातायातको टिकट बुकिङ काउन्टरहरूलाई यही साउन २० गतेभित्र व्यवस्थित गर्ने विषयमा सम्झौता भएको छ । काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँग नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीहरू र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन लगायत यातायात क्षेत्रका ३ वटै महासंघहरूबीच साउन १ गते सम्पन्न छलफलबाट उक्त विषयमा सम्झौता भएको हो ।

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि किटक बुकिङ काउन्टर हटाउने भन्दै गत असार २७ मा सार्वजनिक सूचना प्रकाशित गरेपछि सरोकारवालाहरूले असार ३१ गते विज्ञाप्ति जारी गर्दै महानगरको निर्णयको विरोध गरेका थिए । 

ट्राफिक प्रहरीले चालक माथी हातपात

ललितपुरको गोदावरी लगनखेल रुटका चालक राजकुमार तिरुवालाई ट्राफिक प्रहरीका सहायक हवल्दार राजेश चौधरी र जवान अर्जुन राईले हातपात गरेपछि आक्रोशित यातायात मजदुरहरुले आइतबार साँझ सातदोबाटो चोक क्षेत्र अवरूद्ध पारे । 

लगनखेलबाट यात्रु सहित गोदावरी जाँदै गरेको बा २ ख २०७७ नम्बरका चालक तिरुवालाई सहायक हवल्दार राजेश चौधरीले मागेको कागजपत्र ट्राफिक प्रहरी कार्यालयमै रहेकोले आफुसंग नभएको बताएका थिए । 

त्यसपछि आवेसमा आएका ट्राफिक प्रहरीहरूले चालक तिरूवलाई स्टेयरिङमै मुक्काले हानेर लछारपछार गर्दै भूइमा झारेपछि बुटले हानेको र गाडीको स्टेयरिङ नै भाचिनेगरी आक्रमण गरेको घटनाका प्रत्यक्षदर्सीले बताएका छन् ।

ट्राफिक प्रहरीको अमर्यादित व्यबहार विरूद्ध सवारी चालकहरू आन्दोलित बनेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला कमिटी र गोदावरी रुट इकाई कमिटीले सबै गाडीहरु सडकमै राखेर ट्राफिकको कुटपिट विरुद्ध नारावाजी गर्दै राती ८ बजेसम्म सडक अवरुद्ध गरेका थिए ।

यातायात मजदुरहरूले प्रदर्शन गरेको एकताका कारण अन्ततः ट्राफिक प्रहरीले आफ्ना सहायक हवल्दार चौधरी र जवान राईलाई विभागीय कारवाही गर्ने, चालकको उपचार र सवारी साधनको मर्मत गर्ने लगायतका ४ बुँदे सम्झौता गरेको छ ।
 

चालक मेघनाथ विकको परिवारलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनध्दारा सहयोग

गत असार २८ गते राती गएको पहिरोसंगै आएको ढुङ्गा लागेर मृत्यु भएका चालक मेघनाथ विकको परिवारलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले साउन ९ गते १ लाख १० हजार १ सय ५ रुपैया सहयोग प्रदान गरेकोछ ।

चितवन भरतपुर महानगरपालिकाको १७ किलो भन्ने स्थानमा असार २८ गते राती गएको पहिरोसंगै आएको ढुङ्गा लागेर गम्भिर घाइते विकले बसलाई करिव ५० मिटर अगाडि पुर्याइ यात्रुहरूलाई सुरक्षित बनाएका थिए ।  

उपारको क्रममा मृत्यु भएका विकलाई मरनोपरान्त राष्ट्रिय सम्मान गर्ने तयारी भइरहेको संगठनले जनाएको छ ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनध्दारा सदस्यलाइ सहयोग

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन साझा यातायात इकाई कमिटीले साउन १२ गते शनिबार भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ ।

पुल्चोक हरिहरभवन स्थित सहकारी बोर्डको कार्यालयमा सम्पन्न कार्यक्रममा ९ जना चालकहरुलाई सवारी चालक अनुमतिपत्र नविकरण सहयोग स्वरूप जनही ३ हजारका  नगद प्रदान गरिएकोछ । 

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल र संगठनका बागमती प्रदेश अध्यक्ष शंकर थापाले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।  

त्यसैगरी, मस्तिष्क घात भइ उपचार गराइरहनु भएका  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट बस इकाई कमिटीको साधारण सदस्य राजाराम श्रेष्ठलाइ इकाई कमिटिले १ लाख सहयोग प्रदान गरेको छ । 

संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिब शिव कुमार श्रेष्ठ र कमिटीका सदस्यहरुको उपस्थितिमा साउन १२ गते राजाराम श्रेष्ठको परिवारलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको प्रतिनिधी परीषद बैठक परिषद सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको प्रतिनिधी परीषद बैठक परिषद प्रमुख ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा साउन १९ गते हेटैडामा सम्पन्न भयो ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उध्दघाटन गर्नु भएको सो बैठकमा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष सरोज सिटौला, जिफन्ट महासचिब लक्ष्मण शर्मा लगाएतका अतिथीहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

बैठकमा संगठनका अध्यक्ष भिमज्वाला राइले अगामी कार्यक्रम, उपाध्यक्ष तथा आर्थिक बिभाग प्रमुख प्रमुख नबराज घिमिरेले अर्थिक प्रतिवेदन र महासचिब केशब थापा निरूले संगठानिक प्रतिवेदन पेश गर्नु भएको थियो  ।
 

धनगढी विमानस्थलको पार्किङ शुल्क घटाउन माग

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेशले धनगढी विमानस्थलको पार्किङ शुल्क घटाउन माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई साउन ३२ गते ज्ञापनपत्र बझाउँदै पूर्वत शुल्क नै कायम गर्न माग गरेको हो । 

सगंठनले सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाली काग्रेंसका प्रमुख सचेतक बिक्रम धामी र नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्ललाई समेत ज्ञापनपत्र बुझाएको छ ।

त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संचालन गरेको कार्यथलो अभियान अन्तरगत  गण्डकी प्रदेशको शान्ती निकुञ्ज माध्यमिक विद्यालयलाइ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने संगठनको निजी तथा आवासीय विद्यालय महानगर कमिटी सल्लाहकार तथा बिरौटा इकार्ई अध्यक्ष सुर्य बिकलाइ  सम्मानित गरेको छ ।